Trending
Prev Story
Next Story

आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेकोमो आपत्ति जनाएको छ । क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको …

आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

६ मंसिर, काठमाडौं । ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेकोमो आपत्ति जनाएको छ ।

क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको कानुनी संरक्षण गरी अनधिकृत शिलान्यास तथा निर्माण कार्य रोक्का गर्न माग गरेका छन् ।

‘धार्मिक आस्थाको सम्मान गणेश तथा भैरवको मूर्ति स्थापना एवं धार्मिक आस्थाप्रति ललितकला क्याम्पसको कुनै विरोध छैन,’ पत्रमा भनिएको छ, ‘आम नागरिक र भक्तजनको धार्मिक विश्वास र पूजाआजा गर्ने अधिकारको सम्मान गरिनुपर्छ ।’

तर बलजफ्ती निर्माण गर्न लागिएकोमा क्याम्पसले आपत्ति जनाएको छ ।

‘एउटा प्रयोजनका लागि प्राप्त तथा शैक्षिक दान स्वरूप रहेको जग्गा कानुनी प्रक्रिया र उचित सोधभर्नाविना अर्को प्रयोजनमा प्रयोग गर्न मिल्दैन । विधिको शासन र सम्पत्तिको हकविपरीत राज्य वा कुनै पनि निकायबाट हुने बलजफ्ती तथा मनमानी ललितकला क्याम्पसलाई स्वीकार्य छैन,’ पत्रमा भनिएको छ ।

कानुनविपरीत हुने एकतर्फी कार्यको प्रमाण सङ्कलन गरी आवश्यकता अनुसार अदालतमा न्यायिक उपचार खोज्ने क्याम्पसले जनाएको छ ।

पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको क्याम्पसले आरोप लगाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

#त्रिभुवन-विश्वविद्यालय #क्याम्पस
Compare →
Bizshala
3h ago
भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

काठमाण्डौ। एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी...

#क्याम्पस
Compare →
Nagarik News
1d ago
क्याम्पसको स्वायत्तता विस्तार गर्दै त्रिवि

क्याम्पसको स्वायत्तता विस्तार गर्दै त्रिवि

शैक्षिक तथा प्रशासनिक कामका लागि ससाना निर्णयसमेत गर्न त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरण प्रक्रिया विस्तार गर्ने तयारी गरेको छ।

#त्रिभुवन-विश्वविद्यालय #क्याम्पस
Compare →
Arthasansar
2w ago
अनुराग रिजाल : नेपाल कमर्श क्याम्पसदेखि केन्द्रसम्मको यात्रा

अनुराग रिजाल : नेपाल कमर्श क्याम्पसदेखि केन्द्रसम्मको यात्रा

पछिल्लो समय नयाँ पुस्तामा राजनीतिप्रति निकै वित्रिर्णा रहेको अवस्था छ । राजनीति गर्नु भनेको नै अपराध हो जस्तो मानक बनिरहेको...

#क्याम्पस
Compare →

Related Stories

World News
Build #2612