काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका रणनीतिक कार्यक्रम उक्त क्षेत्रअन्तर्गत रहेका कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
प्रमुख राईले भनिन्, “कामपाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ मस्यौदासमेत तयार गरिसकेको छ ।” विभागले तयार पारेको कार्ययोजनामा सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )