जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाभर कुल उत्पादन र निर्यात भएको एकिन तथ्याङ्क संकलन भइरहेको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही घटेको अनुमान गरिएको छ । जिल्लामा १९ हजार पाँचसय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन निर्यात भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )