Trending
Prev Story
Next Story

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत बलियो स्थितिमा, पहिलो इनिङ्समा ७२० रनको उच्च योगफल

Nagarik News •
November 22, 2026 • 10:11 AM
3
3 reads 0 reactions

चौथो दिनको खेलको समाप्तिमा न्युजिल्यान्ड २३३ रनले पछि परेपछि भारत बलियो स्थितिमा देखिएको हो।

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत बलियो स्थितिमा, पहिलो इनिङ्समा ७२० रनको उच्च योगफल

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा पुगेको छ। चौथो दिनको खेलको समाप्तिमा न्युजिल्यान्ड २३३ रनले पछि परेपछि भारत बलियो स्थितिमा देखिएको हो।

चौथो दिनको समाप्तिमा किविज टोलीले २ विकेट गुमाएर ११९ रन बनाएको छ। क्याप्टेन टम लाथम शुन्य रनमा र हेन्री निकोल्स ३१ रनमा आउट भए। डेभोन कोन्वे ५९ र रचिन रबिन्द्र २७ रनमा नटआउट छन्।

पहिलो टेस्ट बचाउन न्युजिल्यान्डलाई पाँचौ तथा अन्तिम दिनभर क्रिजमा रहनु पर्नेछ भने भारतलाई जितका लागि ८ विकेट आवश्यक रहनेछ।

यसअघि ४ विकेटको क्षतिमा ४८६ रनबाट चौथो दिनको खेल थालेको भारतले पहिलो इनिङस ९ विकेटको क्षतिमा ७२० रनमा डिक्लियर गरेको थियो। यो अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले बनाएको सर्वाधिक दोस्रो उच्च योगफल हो।

भारतका लागि केएल राहुलले १३६ र रिसब पन्तले १२८ रन बनाए। कप्तान शुभमन गिल शतक बनाउन २ रनले चुक्दा यसस्वी जैसवालले ८५, देभदत्त पाडिकलले ८० र ध्रुव जुरेलले ७८ रन बनाए।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३ र रचिन रबिन्द्रले २ विकेट लिए।

विलिङ्टनमा घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङ्समा ३६८ रन बनाएको थियो।

प्रकाशित: ६ मंसिर २०८३ १५:५६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
नेपाल–भारत सम्बन्ध बलियो बनाउने यो सही समय हो - वरुण चौधरी

नेपाल–भारत सम्बन्ध बलियो बनाउने यो सही समय हो - वरुण चौधरी

काठमाडौं । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक डा. वरुण चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँदिल्ली...

#भारत #बलियो
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भारत
Compare →
Bizshala
2h ago
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

#भारत
Compare →
Arthasansar
3h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत
Compare →

Related Stories

World News
Build #2612