Trending
Prev Story
Next Story

बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

Bizshala •
November 22, 2026 • 10:07 AM
2
2 reads 0 reactions

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय...

बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय उडान ट्र्याकिङ प्लेटफर्म ‘फ्लाइट राडार २४’ मा विश्वभर सबैभन्दा बढी हेरिएको उडान बनेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दा उनको विमानको अवस्थिति र उडान मार्ग हेर्नेहरूको चासो उल्लेख्य रूपमा बढेको हो।

फ्लाइट राडार २४ को तत्कालीन विवरणमा प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको एयरबस ए–३२० विमान विश्वमै सबैभन्दा बढी ट्र्याक भइरहेको उडानका रूपमा देखिएको रातोपाटीले जनाएको छ।

प्रधानमन्त्री सवार विमानको उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७ रहेको थियो।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने तालिका थियो। तर निर्धारित समयभन्दा २३ मिनेट ढिलो अर्थात् दिउँसो २ बजेर ८ मिनेटमा नयाँ दिल्लीका लागि उडेको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणप्रति देखिएको सार्वजनिक चासो उडान ट्र्याकिङमा समेत प्रतिबिम्बित भएको देखिएको छ।

फ्लाइट राडार २४ विमानहरूको वास्तविक समयको अवस्थिति, गति, उचाइ तथा उडान मार्गलगायतका विवरण हेर्न सकिने अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यसले विश्वभरका उडानसम्बन्धी जानकारी विभिन्न स्रोतबाट सङ्कलन गरी डिजिटल नक्सामा देखाउँछ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी छन्।

प्रधानमन्त्रीको भ्रमणसँगै उनको विमानसमेत विश्वव्यापी उडान निगरानी प्लेटफर्ममा सर्वाधिक हेरिने उडान बन्नु चासोको विषय बनेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
विश्वकै सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बन्यो प्रधानमन्त्री बालेन शाह चढेको विमान!

विश्वकै सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बन्यो प्रधानमन्त्री बालेन शाह चढेको विमान!

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणका लागि चढेको विमान अहिले विश्वभर सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बनेको छ। उडानको प्रत्यक्ष अवस्थिति देखाउने चर्चित प्लेटफर्म FlightRadar...

#बालेन-शाह #उडान #विमान
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्री शाह निगमको न्यारोबडीबाट दिल्ली जाँदै, विशेष उडानमा तीन जना पाइलट हुनेछन्

प्रधानमन्त्री शाह निगमको न्यारोबडीबाट दिल्ली जाँदै, विशेष उडानमा तीन जना पाइलट हुनेछन्

निगमसँग वाइडबडी विमान अभाव भएपछि नियमित दिल्ली उडानको न्यारोबडी प्रयोग गरिएको छ, जसमा भीभीआईपी सुरक्षा मापदण्ड लागू हुनेछ।

#उडान #विमान
Compare →
Nagarik News
52m ago
भारत पुगे प्रधानमन्त्री बालेन

भारत पुगे प्रधानमन्त्री बालेन

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर १८ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

World News
Build #2612