Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् । प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित …

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् ।

प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित क्षेत्रमा र्‍याम्प ज्याकेटविना पुगेर उनीहरूले सुरक्षा प्रोटोकल उल्लंघन गरेका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा बिदाइमा पुगेका रास्वपा प्रवक्ता जगदीश खरेल, गृहमन्त्री सुदन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जहाज पार्किङ गरिएको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना उभिएको देखिएको छ, जुन एयरसाइड प्रोटोकल उल्लंघन भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । बिदाइमा पुगेका श्रेष्ठ त कार्यवाहक प्रधानमन्त्री समेत हुन् ।

जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्‍याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्‍याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनै पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।

‘चाहे भीआईपी होस्, वा सामान्य, यो नियम सबैले पालना गर्नुपर्छ, यसअघि नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी यसैगरी र्‍याम्प ज्याकेटविना एप्रोन क्षेत्रमा पुग्दा उनलाई कारबाही गरिएको थियो,’ प्राधिकरणका ती अधिकारीले भने, ‘त्यहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले एक रुपैयाँ जरिबाना गरेपछि नेपाल एयरलाइन्सबाट अधिकारीको ‘एकाउन्टेबल म्यानेजर’ पद नै गएको थियो ।’

विमानस्थलको र्‍याम्प एरियामा पुग्दा प्राधिकरण र एयरलाइन्स कर्मचारीले पनि हाई भिजिबिलिटी रिफ्लेक्टिभ सेफ्टी ज्याकेट (जसलाई र्‍याम्प ज्याकेट भनिन्छ) लगाएका हुन्छन् । यात्रुहरू सोही क्षेत्र पुग्दा सुरक्षा जाँच पार गरिसकेका हुन्छन्, उनीहरूको साथमा बोर्डिङ पास पनि हुन्छ । क्रु मेम्बरको आफ्ना पोसाक हुनुका साथै उनीहरू पनि सुरक्षा जाँच पार गरेरै गएका हुन्छन् ।

त्यसबाहेक अन्यका हकमा भने पास र ज्याकेट अनिवार्य गरिएको छ । त्यो जहाजहरू चलिरहने क्षेत्र भएकाले परैबाट उनीहरूलाई देखियोस् भनेर यस्तो नियम बनाइएको पनि ती अधिकारीले बताए ।

तर, २४ फागुन २०७९ मा र्‍याम्प ज्याकेट नलगाइ एप्रोन क्षेत्रमा पुगेको र त्यो काम हवाई सुरक्षा उल्लंघन भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका महाप्रबन्धक अधिकारीलाई कारबाही गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
30m ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै लामो समयदेखि थन्किएका द्विपक्षीय मुद्दाहरू समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको ...

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
2h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Nagarik News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
46m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भ्रमण
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

#भ्रमण #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612