Trending
Prev Story
Next Story

घरबाटै श्रीमान्-श्रीमती पक्राउ, यस्तो छ कारण

Nagarik News •
November 22, 2026 • 08:09 AM
2
2 reads 0 reactions

स्थानीय २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई ब्राउनसुगर र क्याप्सुलसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

घरबाटै श्रीमान्-श्रीमती पक्राउ, यस्तो छ कारण

मोरङको पथरीशनिश्चरेबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका-४ शनिश्चरे बजारबाट लागुऔषध ब्राउन सुगर र क्याप्सुलसहित एक दम्पती पक्राउ परेका हुन्।

स्थानीय २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई ब्राउनसुगर र क्याप्सुलसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार लागुऔषध सेवन तथा बिक्रीवितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कैलाशको घरमा खानतलासी गर्दा खाटमुनि झोलामा लुकाएर राखेको प्लास्टिकबाहेक ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र १२ हजार ९२५ नेपाली रुपैयाँ नगद र एनआईटीजेडएएससीईएनटी-१० लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १३:५४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ । आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका …

#श्रीमती #श्रीमान्
Compare →
Hamro Patro News
1w ago
मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली मास्...

#श्रीमती #मोरङ
Compare →
Ekantipur
23h ago
बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#श्रीमती
Compare →

Related Stories

Technology
Build #2612