प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसहित टोलीमा ३४ जना भारत भ्रमणमा गएका छन् ।
आइतबार दिउँसो भारत प्रस्थान गरेका शाह सोमबार साँझ नेपाल फर्किनेछन् । प्रधानमन्त्री शाह नेतृत्वको भ्रमणदलमा दुई मन्त्री, सल्लाहकार, कर्मचारी र अन्य सहयोगी रहेका छन् ।
प्रधानमन्त्रीको भ्रमणदलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह रहेका छन् ।
प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री नेतृत्वको भारत भ्रमणमा दलमा रहेका सदस्यहरू