Trending
Prev Story
Next Story

भारत भ्रमणमा श्रमिकका स्वास्थ्य र सामाजिक सुरक्षा मुद्दा उठाउन प्रधानमन्त्रीलाई आग्रह

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष भारतमा कार्यरत नेपाली श्रमिकका स्वास्थ्य, श्रम अधिकार तथा सामाजिक सुरक्षा विषयलाई द्विपक्षीय वार्ताको प्राथमिकतामा राख्न आग्रह गरिएको छ । आप्रवासी कामदारहरूको एचआईभी/एड्स तथा प्रजनन …

भारत भ्रमणमा श्रमिकका स्वास्थ्य र सामाजिक सुरक्षा मुद्दा उठाउन प्रधानमन्त्रीलाई आग्रह

६ मंसिर, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष भारतमा कार्यरत नेपाली श्रमिकका स्वास्थ्य, श्रम अधिकार तथा सामाजिक सुरक्षा विषयलाई द्विपक्षीय वार्ताको प्राथमिकतामा राख्न आग्रह गरिएको छ ।

आप्रवासी कामदारहरूको एचआईभी/एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपालले प्रधानमन्त्री शाहलाई खुला पत्र पठाउँदै भारतमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधानका लागि भारतसँग नीतिगत समझदारी गर्न आग्रह गरेको हो ।

सञ्जालका महासचिव बालकृष्ण गैरेले प्रधानमन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमा भारतमा काम गर्ने नेपाली श्रमिकले स्वास्थ्य उपचारमा कठिनाइ, बीमा तथा सामाजिक सुरक्षा अभाव, कार्यस्थलमा दुर्घटना, शोषण र दुर्व्यवहार जस्ता समस्या भोगिरहेको उल्लेख गरेका छन् ।

खुला सिमाना र रोजगारी अवसरका कारण ठूलो संख्यामा नेपाली नागरिक भारतका विभिन्न सहर, औद्योगिक क्षेत्र, निर्माण, कृषि, होटल तथा अनौपचारिक क्षेत्रमा मौसमी र दीर्घकालीन रोजगारीमा संलग्न छन् ।

उनीहरूको आम्दानी नेपाली परिवारको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार भए पनि उनीहरूको श्रम तथा स्वास्थ्य सुरक्षाका विषय पर्याप्त सम्बोधन हुन नसकेको सञ्जालको भनाइ छ ।

विशेषगरी एचआईभी/एड्स, यौन तथा प्रजनन स्वास्थ्य, क्षयरोग र मलेरिया लगायत स्वास्थ्य सेवामा जानकारी, पहुँच र उपचार निरन्तरता अभाव रहेको पत्रमा उल्लेख छ ।

नेपाल फर्किएर पुन: भारत जाने श्रमिकका लागि सीमापार स्वास्थ्य सेवा र उपचार रेफरलको प्रभावकारी व्यवस्था हुन नसकेको पनि सञ्जालले जनाएको छ ।

सञ्जालले प्रधानमन्त्रीको भारत भ्रमण क्रममा पाँच वटा विषयलाई प्राथमिकता साथ उठाउन आग्रह गरेको छ ।

पहिलो, नेपाली कामदार आवागमन बढी हुने ८ देखि १३ वटा प्रमुख सीमानाकामा स्वास्थ्य सहायता डेस्क स्थापना गर्नुपर्ने माग गरिएको छ । त्यस्ता डेस्कबाट स्वास्थ्य सम्बन्धी सूचना, एचआईभी तथा क्षयरोग परामर्श, परीक्षण र उपचारका लागि रेफरल सेवा उपलब्ध गराउनुपर्ने सञ्जालको प्रस्ताव छ ।

दोस्रो, भारत जाने श्रमिकलाई सम्बन्धित वडा वा स्थानीय तहबाट स्वैच्छिक स्वास्थ्य जानकारी, आवश्यक परामर्श, स्वास्थ्य परीक्षण सिफारिस र आकस्मिक सम्पर्क विवरण सहित पत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग छ ।

तेस्रो, नेपालका सीमावर्ती स्वास्थ्य संस्था र भारतका सरकारी अस्पताल तथा एआरटी केन्द्रबीच समन्वय गरी उपचार, औषधि र स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै भारतमा कार्यरत नेपाली श्रमिकलाई आधिकारिक करारनामा, समान कामको समान ज्याला, सुरक्षित कार्यस्थल, दुर्घटना क्षतिपूर्ति, स्वास्थ्य तथा दुर्घटना बीमा र उपलब्ध सामाजिक सुरक्षा योजनामा पहुँच सुनिश्चित गर्न भारतसँग नीतिगत समझदारी गर्नुपर्ने सञ्जालको माग छ ।

पाँचौं विषयमा भारतका प्रमुख रोजगार गन्तव्यमा रहेका नेपाली दूतावास, प्रवासी नेपाली संघसंस्था र सम्बन्धित भारतीय निकायबीच सहकार्य गरेर श्रमिकका गुनासा सुनुवाइ, कानुनी सहायता तथा श्रमिक संरक्षण व्यवस्था गर्न आग्रह गरिएको छ ।

सञ्जालले भारतमा कार्यरत नेपाली श्रमिकका समस्या व्यक्तिगत विषयमात्र नभई नेपालको सार्वजनिक स्वास्थ्य, श्रमिक अधिकार र सामाजिक सुरक्षासँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको जनाएको छ ।

खुला पत्रमा उल्लेखित विषय नेपाल–भारत द्विपक्षीय वार्तामा प्राथमिकता साथ उठाएर आवश्यक नीतिगत समझदारी र कार्यान्वयन पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

साथै, कार्ययोजना निर्माण गर्दा सम्बन्धित सरकारी निकायसँगै नागरिक समाज र प्रवासी कामदारका प्रतिनिधिमूलक संस्थाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा लिपुलेक र कालापानीको कुरा उठ्छ ? यस्तो छ भारतीय मिडियाको दाबी

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा लिपुलेक र कालापानीको कुरा उठ्छ ? यस्तो छ भारतीय मिडियाको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार र सोमबार भारतको दुईदिने राजकीय भ्रमण हुँदै छ । उक्त भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा छलफल हुन्छ कि हुँदैन ? यसबारे औपचा...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

#भारत #भ्रमण
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

Health & Wellness
Build #2612