Trending
Prev Story
Next Story

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् …

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत नदिई सहकार्य सम्भव नहुने बताए।

‘साझेदारीले प्रदेशहरूलाई जोड्छ, तर प्रदेश आफैँमा सक्षम नभई सहकार्य टिक्दैन,’ मुख्यमन्त्री यादवले भने, ‘हामी अधिकार माग्न मात्र आएका होइनौँ, जिम्मेवारी बहन गर्न पनि तयार छौँ ।’

सम्मेलनमा मधेश प्रदेशका तर्फबाट दुईवटा मस्यौदा दस्तावेज प्रस्तुत गर्दै मुख्यमन्त्री यादवले ‘अन्तर प्रदेश प्राथमिकता प्राप्त प्रमुख सहकार्य कार्यक्रम’ र ‘संघीय सरकारसमक्ष पेस गर्ने साझा विषय’ समेटिएको बताए ।

मधेसलाई कृषिको भण्डार, व्यापारको प्रवेशद्वार र जनकपुरको पवित्र भूमिकालाई उल्लेख गर्दै उनले प्रदेशहरूबीचको साझेदारीलाई सहयोग माग्ने माध्यमका रूपमा नभई साझा समृद्धिका रूपमा हेरिनुपर्नेमा जोड दिए ।

‘साझा समस्याबाट संयुक्त योजना, संयुक्त योजनाबाट सहलगानी र सहलगानीबाट साझा समृद्धि हाम्रो मूल मन्त्र हुनुपर्छ,’ उनले भने ।

मधेश प्रदेशका केरा, आँप, लिची, अदुवा र बेसार जस्ता उच्च मूल्यका कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मधेश प्रदेश तयार रहेको यादवले बताए ।

पर्यटन प्रवर्धनका लागि ‘एक यात्रा अनेक प्रदेश’ को अवधारणामा काम गर्नुपर्ने बताए । उनले जनकपुरधाम, विवाहपञ्चमी, मिथिला कलासँगै कोशीको रामधुनी, वराहक्षेत्र र लुम्बिनीलाई जोड्ने गरी धार्मिक-सांस्कृतिक पर्यटन सर्किट बनाउनुपर्ने उनको प्रस्ताव छ ।

संघीयता कार्यान्वयनको एक दशक भइसक्दा पनि प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐन जारी नहुँदा काम गर्न जटिलता भएको मुख्यमन्त्री यादवको गुनासो थियो ।

‘प्रहरी ऐन बने पनि आवश्यक कानुन, जनशक्ति र सम्पत्ति हस्तान्तरण नहुँदा खुला सीमा भएको मधेशमा तस्करी र सीमापार अपराध नियन्त्रणमा सोचेजस्तो काम गर्न सकिएको छैन,’उनले भने, ‘संघीय सरकारले तत्काल समायोजन प्रक्रिया टुङ्ग्याउनुपर्छ ।’

प्रदेश सरकारका कार्यालयमा सङ्घले सचिव पठाउने र एउटै कामका लागि संघ र प्रदेश दुवैतिर संरचना खडा गर्ने परिपाटीले स्वायत्तता कमजोर बनाएको भन्दै उनले संघीय सरकारलाई नयाँ कार्यालय खडा नगर्न र अवस्थित कार्यालयहरू प्रदेशमा हस्तान्तरण गर्न आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
9h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री #यादव
Compare →
Hamro Patro News
12h ago
मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

#मुख्यमन्त्री #यादव
Compare →
Nagarik News
13h ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#मुख्यमन्त्री #यादव
Compare →
Ekantipur
10h ago
मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

#मुख्यमन्त्री #यादव
Compare →
Bizshala
2d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#बनाउन
Compare →

Related Stories

National (Nepal)
Build #2612