Trending
Prev Story
Next Story

देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी

Ekantipur •
November 22, 2026 • 04:32 AM
2
2 reads 0 reactions

समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो ।

देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी

समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो ।

पाँचथर — फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हरेक वर्ष तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम खानेपानी पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । समितिले देउसी भैलोबाट  जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो ।

यसवर्ष संकलित रकम भने बाढीबाट क्षति पुगेको खानेपानीको मुहान मर्मतमा खर्च गरिने भएको छ । उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङका अनुसार बाढीले क्षति पुर्‍याएको मुहान मर्मत गरी खानेपानी आपूर्तिलाई सहज बनाउने उदेश्यले यसवर्षको रकम परिचालन गरिने बताइएको छ ।

समितिले यसवर्षको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम आइतबार सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार समितिले २०८३ सालमा १० लाख २१ हजार ८२ रुपैयाँ संकलन गरेको छ । यसअघि २०८२ सालमा २२ लाख, २०८१ सालमा १८ लाख र २०८० सालमा १२ लाख रुपैयाँ संकलन भएको थियो ।

चार वर्षको अवधिमा समितिले देउसी भैलोबाट कुल ६२ लाख २१ हजार ८२ रुपैयाँ संकलन गरेको छ । रकम सार्वजनिक कार्यक्रममा तिहारमा देउसी भैलो टोलीमा सहभागी कलाकारलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको समितिले जनाएको छ ।

खानेपानी पूर्वाधार निर्माण र संरक्षणका लागि सांस्कृतिक पर्वलाई उपयोग गर्दै आएको समितिले देउसी भैलोबाट संकलित रकमलाई सामुदायिक सम्पत्तिको विकासमा खर्च गर्दै आएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन । मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उ...

#खानेपानी #मुहान
Compare →
Nagarik News
5h ago
संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।

#पूर्वाधार
Compare →
Bizshala
1d ago
मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरिएको प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा श्रम...

#रकम
Compare →
Onlinekhabar
1d ago
लगानी तथा पूर्वाधारसम्बन्धी एकसाथ ६४ ऐन संशोधन गर्न अध्यादेश मस्यौदा तयार

लगानी तथा पूर्वाधारसम्बन्धी एकसाथ ६४ ऐन संशोधन गर्न अध्यादेश मस्यौदा तयार

४ मंसिर, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी एकसाथ दर्जनौं ऐन संशोधन तयारी गरेको छ । यो प्रयोजनका लागि सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदा तयार …

#पूर्वाधार
Compare →
Arthasansar
3d ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन...

#रकम
Compare →

Related Stories

Business & Economy
Build #2612