Trending
Prev Story
Next Story

हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने

Arthasansar •
October 23, 2026 • 02:31 AM
1
1 reads 0 reactions

जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर...

हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने

जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

बाढीका कारण १ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् । करिब १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् ।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २ अर्ब ७० कराेड डलर (४ खर्ब ७ अर्ब ७० कराेड रुपैयाँ) बराबर छ भने पुनर्निर्माणका लागि करिब ४ अर्ब ७० कराेड डलर (७ खर्ब ९ अर्ब ७० कराेड रुपैयाँ) बराबर लाग्ने अनुमान छ ।

बाढी प्रभावित क्षेत्रमा द्रुत गतिमा सहयोग पुर्याउन गत अगस्ट ३१ (१५ भदौ) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री गीता चौधरीले कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए ।

उक्त अनुरोधका आधारमा विकासशील र विकसित राष्ट्रहरू, अतिकम विकसित राष्ट्रहरू, साना टापु विकासशील राष्ट्रहरू, एसिया-प्रशान्त, अफ्रिकी, ल्याटिन अमेरिका तथा पश्चिमा राष्ट्र समूहका बोर्ड सदस्यहरूबीच विभिन्न चरणमा औपचारिक र अनौपचारिक छलफल भएको थियो ।

अक्टोबर २२ (५ कात्तिक) मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई सहायता दिने निर्णयलाई अन्तिम रूप दिएको कृषि मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए । नेपालका तर्फबाट सहसचिव एवं कृषि मन्त्रालयका प्रवक्ता डा. ढकालले समन्वय तथा सहजकर्ताका रूपमा भूमिका निर्वाह गरेका थिए ।

कोषबाट रकम परिचालन गर्न बार्बाडोस कार्यान्वयन ढाँचा प्रक्रिया अन्तर्गत नेपालले प्रस्ताव तयार गरी कोषसमक्ष पेस गर्ने छ । यसैबीच हानि-नोक्सानी कोषको ११औं बोर्ड बैठक २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने मन्त्रालयले जनाएको छ।

जलवायु वित्तको इतिहासमा नयाँ अध्याय सुरुवात

हानि-नोक्सानी कोषबाट नेपाललाई २ करोड डलर (३ अर्ब २ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णयसँगै नेपालको जलवायु वित्तको क्षेत्रमा नयाँ अध्याय सुरुवात भएको नेपालका राष्ट्रिय सम्पर्क अधिकृत तथा कोषका वैकल्पिक बोर्ड सदस्य समेत रहेका डा. ढकालले बताए ।

‘नेपालको जलवायु वित्तको इतिहासमा योभन्दा उत्तम र ऐतिहासिक निर्णय अरू हुन सक्दैन,’ उनले भने, ‘यो निर्णय नेपालका लागि जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी हानि-नोक्सानी कोषको आफ्नै इतिहासमा नयाँ अध्यायको सुरुवात गर्न सफल भएको छ ।’

उनले भोटेकोशी तथा त्रिशूली नदी बाढीका कारण उत्पन्न गम्भीर मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदायले उच्च प्राथमिकता साथ सम्बोधन गरेकोमा खुसी व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

अन्ताल्या (टर्की) । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तरराष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बन...

#जलवायु #अनुदान
Compare →
Nagarik News
1d ago
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।

#जलवायु #अनुदान
Compare →
Bizshala
7h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु #नेपाललाई #अनुदान
Compare →
Ekantipur
16h ago
हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

#जलवायु #नोक्सानी
Compare →

Related Stories

National (Nepal)
Build #2611