Trending
Prev Story
Next Story

गृहमन्त्री गुरुङलाई माजिदको प्रश्न : अरूलाई नैतिकताको पाठ सिकाउनेले आफूले कहिलेदेखि लागू गर्ने ?

Nagarik News •
November 22, 2026 • 01:15 AM
3
3 reads 0 reactions

उनले पूर्वप्रधानमन्त्रीलाई नमस्कार गर्नु वा सत्कार गर्नु चाकडी हो भन्ने गृहमन्त्रीको भनाइप्रति पनि आपत्ति जनाएका छन्।

गृहमन्त्री गुरुङलाई माजिदको प्रश्न : अरूलाई नैतिकताको पाठ सिकाउनेले आफूले कहिलेदेखि लागू गर्ने ?

जेनजी अगुवा माजिद अन्सारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइरालाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले गृहमन्त्री सुधन गुरुङको निर्देशनमा कोइरालालाई पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएपछि सरकारको कार्यशैली र कानुनी प्रक्रियामाथि असन्तुष्टि व्यक्त गरेका हुन्।

अन्सारीले जेनजी आन्दोलन तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको पछिल्लो प्रवृत्तिविरुद्ध भएको उल्लेख गरेका छन्।

प्रचण्ड गत बिहीबार रुसबाट स्वदेश फर्किने क्रममा र गृहमन्त्री गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) बाट एउटै विमानमा काठमाडौं फर्किएको प्रसंग उल्लेख गर्दै उनले प्रचण्डलाई भीआईपी कक्षमा स्वागत गर्ने क्रममा प्राधिकरणका वरिष्ठ अधिकृत कोइराला पनि लाइनमा उभिएको देखेपछि गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको र दिनभर सोधपुछपछि छाडिएको खबर आएको बताएका छन्।

‘गृहमन्त्री सुधन गुरुङको निर्देशन नै अब कानुन भएको हो यो देशमा ? कसैलाई पनि कानुनबमोजिम बाहेक पक्राउ नगरिने संवैधानिक ग्यारेन्टीको सुरक्षा अब कुन निकायले गर्ने हो ?’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरे।

कोइरालालाई कुन ऐन र कानुनको कुन दफाबमोजिम पक्राउ गरिएको हो भन्दै अन्सारीले प्राधिकरणका कर्मचारीमाथि कारबाही गर्ने विभागीय निकाय र कानुन हुँदाहुँदै गृहमन्त्रीको निर्देशनमा पक्राउ गर्नुको औचित्यसमेत खोजेका छन्।

उनले पूर्वप्रधानमन्त्रीलाई नमस्कार गर्नु वा सत्कार गर्नु चाकडी हो भन्ने गृहमन्त्रीको भनाइप्रति पनि आपत्ति जनाएका छन्।

प्रहरीको चेन अफ कस्टडीमा रहनुपर्ने डिजिटल प्रमाणको सुरक्षा गर्न नसक्ने प्रहरी नेतृत्वले गृहमन्त्री विदेश जाँदा वा फर्किँदा विमानस्थलमा प्रहरी महानिरीक्षकसहित सुरक्षाकर्मीको लावालस्कर देखाउनुचाहिँ के हो भन्दै उनले प्रश्न गरेका छन्।

अन्सारीले पूर्वप्रधानमन्त्री र बहालवाला गृहमन्त्रीको मर्यादाक्रमसमेत स्मरण गराएका छन्। गृह मन्त्रालयले जारी गरेको राष्ट्रिय जीवनका व्यक्तिहरूको मर्यादाक्रमअनुसार पूर्वप्रधानमन्त्री प्रचण्ड छैटौँ र बहालवाला गृहमन्त्री गुरुङ सातौँ स्थानमा रहेको उल्लेख गर्दै उनले अरूलाई नैतिकताको पाठ सिकाउनेले आफूले कहिलेदेखि लागू गर्ने हो भन्दै प्रश्न गरेका छन्।

प्रकाशित: ६ मंसिर २०८३ ०७:०० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौ...

#गृहमन्त्री #गुरुङ
Compare →
Onlinekhabar
1w ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गृहमन्त्री #गुरुङ
Compare →
Ekantipur
1w ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#गृहमन्त्री #गुरुङ
Compare →

Related Stories

Politics & Governance
Build #2612