Trending
Prev Story
Next Story

मलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा छैन : देउवा

Nagarik News •
November 22, 2026 • 12:53 AM
3
3 reads 0 reactions

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गरेका छन्।

मलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा छैन : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गरेका छन्।

देउवाले आफूलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा नरहेको भन्दै स्मरण गरेका हुन्। उनले देश र जनताका लागि योगदान गर्ने तथा लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउने आफ्नो चाहना रहेको बताएका छन्।

पोखरामा शनिबार आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सिङ्गापुर र हङकङमा उपचार गराएर पूर्ण रूपमा स्वस्थ भई फर्किएको बताए।

आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने उनको भनाइ छ। आफूलाई साथीभाइ तथा नेपाली दाजुभाइ दिदीबहिनीको सद्भाव र मायाले नयाँ जीवन दिएको उल्लेख गर्दै उनले अब जनताको हित र लोकतन्त्रको रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ६ मंसिर २०८३ ०६:३८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प...

#शेरबहादुर-देउवा #कांग्रेस #मलाई
Compare →
Onlinekhabar
1d ago
देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

५ मंसिर, पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइएको दाबी गरेका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र सभापति गगन थापालाई लक्षित …

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →
Ekantipur
22h ago
देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612