Trending
Prev Story
Next Story

विचार | एनपीएलको विस्तारित सफलता

Ekantipur •
November 22, 2026 • 01:32 AM
3
3 reads 0 reactions

लगातार तीन संस्करण सफलतापूर्वक आयोजना हुँदा नयाँ प्रतिभा, विदेशी स्टारसँगको सहकार्य र राष्ट्रिय टोलीका लागि अवसर विस्तार भएका छन्।

विचार | एनपीएलको विस्तारित सफलता

लगातार तीन संस्करण सफलतापूर्वक आयोजना हुँदा नयाँ प्रतिभा, विदेशी स्टारसँगको सहकार्य र राष्ट्रिय टोलीका लागि अवसर विस्तार भएका छन्।

शनिबारको फाइनल खेलसँगै तेस्रो चरणको नेपाल प्रिमियर लिग (एनपीएल) समाप्त भएको छ । तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ, जो तीनै संस्करणमा फाइनलसम्म पुगेको थियो । झन्डै आठ फ्रेन्चाइज टोली संलग्न भएको र एक महिनासम्म चलेको प्रतियोगितामा ३२ खेल भएका थिए ।  स्वदेशी र विदेशी खेलाडी, कतिपय खेल तथा निर्णयहरू समाचारको केन्द्रमा परे । यो अवधि क्रिकेटप्रेमी नेपालीका निम्ति उत्साहजनक रह्यो, उनीहरूको चासोमा एनपीएलका खेल गतिविधि परिरहे । प्रत्यक्ष र भर्चुअल दर्शकको कमी भएन ।

परिणामतः एनपीएलप्रति खेलप्रेमीमा अपनत्व कायमै रहेको वा बढेको पुष्टि हुन्छ । त्यसो त एनपीएलको प्रभाव खेल क्षेत्रमा मात्रै छैन, पर्यटनदेखि अर्थतन्त्रसम्म परेको छ । खेल जगत्भित्र र बाहिरसमेत बलियो प्रभाव देखाउन सकेको र लगातार तीन वटा प्रतियोगिताको सफल आयोजना भएकाले एनपीएलले दिगो भविष्यको सम्भावना कोरेको छ । यसका सफल आयोजक नेपाल क्रिकेट संघ (क्यान) धन्यवादको हकदार छ ।

कुनै पनि विधाको खेल त्यतिबेला बलियो बन्दै जान्छ, जब प्रशस्तै आन्तरिक प्रतियोगिता हुन्छन् । फ्रेन्चाइज टोलीले खेल्ने एनपीएल जस्ता लिगको त झनै बढी महत्त्व हुन्छ । किनकि, यसले निरन्तरता सुनिश्चित छ । वर्षैपिच्छे धुमधामका साथ लिग हुँदा नयाँनयाँ खेलाडी पहिचान हुने गर्छन् । यस्तै लिगमा चम्केका कारण राष्ट्रिय टोलीमा पर्ने वा अन्य अवसर पाउने खेलाडीहरू पनि हुन्छन् ।

अर्कोतर्फ, नियमित लिग भइरहेको, चर्चा पाइरहेको, देशभित्र र बाहिरका स्टार खेलाडीले खेलिरहेको देख्दा वा सुन्दा नयाँ प्रतिभा जन्मिन पनि सहयोग पुग्छ । त्यस्तै, नेपालमा पहिचान बनाइसकेका वा महत्त्वपूर्ण सदस्यका रूपमा राष्ट्रिय वा उमेर समूहका टोलीबाट खेल्दै आएका खेलाडीले यस्ता लिगमा विश्वकै प्रतिष्ठित खेलाडीसँग खेल्न पाउँछन् । प्रतिष्ठित खेलाडीकै टिममा रहेर वा विपक्षमा रहेर खेल्दा नेपाली खेलाडीको प्रतिभा निखारिँदै जान्छ । त्यसले नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्य प्रतियोगितामा उच्चस्तरीय प्रदर्शन गर्न सहयोग पुर्‍याउँछ । त्यसैले एनपीएलबाट अन्य खेल क्षेत्रले पनि प्रेरणा लिन सक्छन् ।

प्रभावशाली खेलाडी नै चम्किन नसक्ने र १ सय ५० रन पनि बनाउन कठिन हुने पिचले दर्शकलाई रोमाञ्च दिँदैन । ठूलो खर्च गरेर त्यस्ता खेलाडी भित्र्याएका फ्रेन्चाइजहरू पनि उत्साहित हुन सक्दैनन् । यसले प्रतियोगितालाई पनि दिगो बन्न दिँदैन । त्यसैले पिचमा सुधार आवश्यक छ । एनपीएलको सकारात्मक पक्ष हो– यसमा निरन्तर सुधार हुँदै छ र सुविधा बढ्दै छ । सन् २०२४ मा एनपीएल सुरु हुँदा उत्साह र अन्योल थियो । २०२५ मा ‘फ्लड लाइट’ सँगै रोमाञ्च थपियो । २०२६ मा ‘डीआरएस’ थपियो । खेलमा झन् रोमाञ्चक भयो । त्यसो त यसै पटक एनपीएललाई आईसीसीको आधिकारिक मान्यता पनि प्राप्त भयो । त्यसले गर्दा यस लिगमा खेलाडीले गरेको प्रदर्शन आईसीसीको आधिकारिक रेकर्डमा पनि दर्ज भए । विगतमा पनि कतिपय चर्चित विदेशी खेलाडीले एनपीएल खेलिसकेका छन्, यस पटक त्यसमा गुणात्मक वृद्धि भयो ।

अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर, बंगलादेशका सकिब अल हसन, जिम्बावेका सिकन्दर राजा, न्युजिल्यान्डका जिम्मी निसम जस्ता खेलाडीले आफ्नै आँखाअगाडि खेलेको र नेपाली खेलाडीसँग सहकार्य गरेको देख्नु नेपाली दर्शकका निम्ति आनन्दको क्षण हो । मुख्यतः आगामी दिनमा त्यस्तो सम्भावना झनै बलियो भएको छ ।

एनपीएलको सफलता यसको खेल पक्षसँग मात्रै सम्बन्धित छैन, आर्थिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । लिग सुरु हुनुअघि क्यानका सचिव पारस खड्काले एनपीएलको समग्र मूल्य नै करिब ८ अर्ब रुपैयाँ पुगेको दाबी गरेका थिए । त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि क्यान र फ्रेन्चाइजमार्फत हुने खर्च, क्यान तथा फ्रेन्चाइजसँग आबद्ध ब्रान्डको प्रायोजन, टिकट बिक्रीलगायत गतिविधि गरी एनपीएलको तेस्रो संस्करणमा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष कारोबार हुने आकलन गरिएको थियो । शिथिल अर्थतन्त्रका बीच एनपीएलले अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्‍याएको छ । त्यस्तै, फ्रेन्चाइजहरूले खुलेर खर्च गरेका छन्, त्यो पनि सकारात्मक पक्ष हो ।

कतिपय विदेशी खेलाडी मैदानबाहिर पनि रमाएको देखिन्थ्यो । यहाँको शान्त वातावरणबाट लोभिए । पर्यटकीय क्षेत्र घुमेर भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरे । प्राकृतिक सौन्दर्य मात्रै होइन, नेपाली आथित्यलाई पनि प्रशंसा गरे । यो नेपालको पर्यटन उद्योगका निम्ति ठूलो योगदान हो । त्यसैले एनपीएलको सफलता त्रिवि मैदानभन्दा बाहिर पनि विस्तार भएको छ ।

अनेकौं सकारात्मक पक्षका बाबजुद एनपीएलमा सुधार गर्नुपर्ने पक्ष पनि छन् । त्रिवि मैदानको सुस्त पिचलाई लिएर यस पटक बढी नै आलोचना भयो । विदेशी खेलाडीले पनि मुख नै खोलेर आलोचना गरेको सुनियो । टी–२० प्रतियोगिता मुख्यतः उच्च रनसहितको रोमाञ्च  र मनोरन्जनका लागि हेरिन्छ । हरेक ओभरमा छक्का–चौकाको अपेक्षा गरिन्छ । तर, प्रभावशाली खेलाडी नै चम्किन नसक्ने र १ सय ५० रन पनि बनाउन कठिन हुने पिचले दर्शकलाई रोमाञ्च दिँदैन । ठूलो खर्च गरेर त्यस्ता खेलाडी भित्र्याएका फ्रेन्चाइजहरू पनि उत्साहित हुन सक्दैनन् । यसले प्रतियोगितालाई पनि दिगो बन्न दिँदैन । त्यसैले पिचमा सुधार आवश्यक छ ।

त्रिवि मैदानमा पूर्वाधार बढ्दै छन्, त्यो राम्रै पक्ष हो । आगामी वर्षदेखि एनपीएलका कतिपय खेललाई अन्य मैदानमा पनि खेलाउन सकियो भने राम्रो हुनेछ । त्यसका लागि सरकारले नै पूर्वाधार विकासलाई तीव्रता दिनुपर्छ । एनपीएलकै कारण नेपाललाई प्रादेशिक अपनत्व बढेको पाइन्छ । संघीयताका निम्ति यो राम्रो पक्ष हो । अब प्रदेश–प्रदेशमा क्रिकेटलाई विस्तार गर्दै लैजानुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612