Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

Ekantipur •
November 22, 2026 • 01:02 AM
2
2 reads 0 reactions

भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा ऊर्जा र सम्पर्कसम्बन्धी कार्यक्रम हुनेछन्।

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा ऊर्जा र सम्पर्कसम्बन्धी कार्यक्रम हुनेछन्।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।

उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति  द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।

त्यस कार्यक्रमबाट नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन् ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ १८ : ३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

#भ्रमण #मोदी #भारत
Compare →
Hamro Patro News
11h ago
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने भएका छन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । भारतीय प्रधानमन्त्री ...

#भ्रमण #शाह #भारत
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उनी …

#भ्रमण #मोदी #भारत
Compare →
Arthasansar
18h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612