Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उनी …

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो ।

उनी आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने, होटलमा विदेशमन्त्रीले भेट्ने

प्रधानमन्त्री बालेन भारतीय समय अनुसार आज अपराह्न ३:४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए ।

विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन ।

भोलि समकक्षी मोदीलाई भेटेर स्वदेश फर्किने

भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भइको छ ।

मोदीसँगको भेटवार्ताको क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ ।

साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उदघाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ ।

मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
बालेन भ्रमणको पूर्वसन्ध्यामा मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई किन बोलाए दिल्ली ?

बालेन भ्रमणको पूर्वसन्ध्यामा मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई किन बोलाए दिल्ली ?

काठमाण्डु– नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जानुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेट गरेका छन् । ...

#बालेन-शाह #भ्रमण #मोदी
Compare →
Nagarik News
10h ago
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
17h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →
Ekantipur
18h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा हुने व्यापारिक छलफलमा भारतीय मन्त्री सहभागी नहुने

प्रधानमन्त्री शाहको भारत भ्रमणमा हुने व्यापारिक छलफलमा भारतीय मन्त्री सहभागी नहुने

नेपालमा भारतीय लगानी बढाउने विषयलाई भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक बनाइएका बेला छलफलमा भारतीय मन्त्रीको सहभागिता नहुने भएको हो ।

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612