विश्व राजनीतिमा केही बैठकहरू तत्कालीन कूटनीतिक घटनाक्रममा सीमित रहँदैनन्। तिनले विश्व शक्तिसन्तुलन, अन्तर्राष्ट्रिय सम्बन्ध र भावी विश्व व्यवस्थाको दिशासमेत निर्धारण गर्ने सामर्थ्य राख्छन्। चीनको औद्योगिक नगरी सेन्जेनमा १९ नोभेम्बर २०२६ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न त्रिपक्षीय शिखर बैठकलाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ।
यो बैठकले सन् १९४५ फेब्रुअरी ४ देखि ११ सम्म तत्कालीन सोभियत संघको क्रिमियास्थित याल्टामा भएको ऐतिहासिक सम्मेलनको झल्को दिएको छ। दोस्रो विश्वयुद्ध अन्त्यतिर पुग्दै गर्दा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजभेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन एउटै टेबलमा बसेर युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए। त्यस बैठकले पराजित जर्मनीको व्यवस्थापन, युरोपको पुनर्संरचना, संयुक्त राष्ट्रसंघको स्थापनाको आधार र युद्धपछिको शक्ति सन्तुलन निर्धारणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
Read full story at source ( barnanmedia.com )