Trending
Prev Story
Next Story

ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

Nagarik News •
November 20, 2026 • 01:04 AM
2
2 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिंगले ऐतिहासिक बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिंगले ऐतिहासिक बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्झेनस्थित काइलिन भिल्लामा तीन नेताबीच भेटवार्ता भएको हो। तीनै नेताबीच भएको यो पहिलो त्रिपक्षीय बैठक थियो। बैठक करिब एक घण्टा २० मिनेट चलेको थियो।

घोषणापत्रमा परमाणु युद्ध न त जित्न सकिन्छ, न त यस्तो युद्ध कहिल्यै लडिनुपर्छ भन्ने उल्लेख गरिएको छ। तीन देशले पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजनाबारे पनि चर्चा गरेका छन्।

त्यसैगरी, सरकारी अधिकारीहरूले पाउने उन्मुक्तिको विषय पनि घोषणापत्रमा समेटिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) तथा यस्तै अन्य संस्थाहरूले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ।

बैठकअघि ट्रम्पले पुटिनसँग पनि भेट गरेका थिए। सन् २०२५ अगस्टपछि दुई नेताबीच भएको यो पहिलो भेट थियो। ट्रम्पले पुटिनलाई आफ्नो मित्रसमेत बताएका थिए।

त्यस्तै, सी चिनफिङसँगको छुट्टै कुराकानीमा ट्रम्पले दुई देशबीचको सम्बन्धलाई ‘अत्यन्तै विशेष’ भनेका थिए।

तीन नेताबीचको कुराकानीको वातावरण सौहार्दपूर्ण देखिए पनि बैठकप्रति उनीहरूका उद्देश्य भने फरक–फरक थिए।

बैठकको सुरुवातमा सी चिनफिङले विश्वका ठूला शक्तिबीच सकारात्मक संवाद विकल्प नभई आवश्यकता भएको बताएका थिए।

त्यसपछि पुटिनले रुस र चीनको युक्रेन युद्ध अन्त्य गर्ने साझा चासो रहेको बताए। उनले खाद्य तथा ऊर्जा सुरक्षाका विषयमा पनि छलफल भएको जानकारी दिए।

चीनले यसअघि पनि आफूलाई उक्त युद्धमा तटस्थ रहेको बताउँदै आएको छ। उसले रुसको आक्रमणको निन्दा गर्नबाट परहेज गर्दै आएको छ। चीनले निरन्तर संवादमार्फत राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिँदै आएको छ।

ट्रम्पले विश्वका तीन ठूला देशका राष्ट्रपतिहरूको विशेष जिम्मेवारी संवादलाई निरन्तरता दिनु रहेको बताए। विगतमा धेरै नेताहरू आफ्ना मतभेद भएका देशसँग संवाद गर्नबाट टाढिने गरेको उल्लेख गर्दै उनले आफ्नो दृष्टिकोण भने फरक रहेको बताए।

यस क्रममा ट्रम्पले तीनै देशको परमाणु शक्तिको चर्चा गरे। विश्वमा परमाणु हतियारको संख्या घटाउने विषयमा छलफल गर्न आफूहरू विशेष अवस्थामा रहेको उनको भनाइ थियो। अन्य देशमा परमाणु हतियारको प्रसार रोक्न पनि सहकार्य आवश्यक रहेको उनले बताए।

उनले यस क्रममा इरानको विषयसमेत उठाए। ‘हामी इरानलाई परमाणु हतियार राख्न दिने छैनौँ,’ ट्रम्पले भने।

प्रकाशित: ४ मंसिर २०८३ ०६:४९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
सी, ट्रम्प र पुटिनले ऐतिहासिक बैठकपछि जारी गरे ‘शान्ति घोषणापत्र’

सी, ट्रम्प र पुटिनले ऐतिहासिक बैठकपछि जारी गरे ‘शान्ति घोषणापत्र’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार ऐतिहासिक त्रिपक्षीय बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। एसिया-प्रशान्त आ...

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Onlinekhabar
15h ago
पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ । बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । बैठकस्थलबाट बाहिरिँदै गरेको उनको तस्बिर सार्वजनिक भएको …

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Ekantipur
1d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Bizshala
17h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →

Related Stories

World News
Build #2612