Trending
Prev Story
Next Story

सुन्दरीजल होल्डिङ सेन्टरका पीडितलाई राज्यले कोठाभाडा तिरिदिने

Ekantipur •
November 21, 2026 • 05:02 PM
3
3 reads 0 reactions

शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहितको बैठकले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने सहमति गरेको हो ।

सुन्दरीजल होल्डिङ सेन्टरका पीडितलाई राज्यले कोठाभाडा तिरिदिने

शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहितको बैठकले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने सहमति गरेको हो ।

काठमाडौँ — काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकको होल्डिङ सेन्टरबाट हट्न दबाब सामना गरिरहेका रसुवाका बाढीपीडितको कोठाभाडा राज्यले व्यहोर्ने सहमति भएको छ । शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहितको बैठकले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने सहमति गरेको हो ।

१० भदौमा भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका आमाछोदिङ्मो गाउँपालिका–१ हाकुबेंसीका बासिन्दा सुन्दरीजलस्थित होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका थिए । सेन्टर खाली गर्न दबाब दिएपछि उनीहरू अन्योलमा परेका थिए । शनिबार सरोकारवालासँगको छलफलपछि विस्थापितलाई तत्काल काठमाडौंमै भाडामा राख्ने र दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाउने सहमति भएको बाढीपीडित निमा तामाङले बताए ।

होल्डिङ सेन्टर छाड्नुपर्ने भएपछि विस्थापितलाई गाडीभाडाबापत प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराएर लोलङ क्षेत्रमा रहेका आफन्तकहाँ पठाइएको छ । बाढीपीडितको व्यवस्थापनमा स्वयंसेविकाका रूपमा खटिएकी विस्थापित अंसुदा पौडेलका अनुसार कोठा नपाएकाहरूलाई लोलङस्थित एक स्थानीयको स्नूकर हाउसमा आश्रय दिने व्यवस्था मिलाइएको छ ।

'तत्काल कोठा नपाउन्जेल आफन्तकोमा बस्ने र नपाउनेहरूका लागि लोलङस्थित एक स्थानीयको स्नूकर हाउसमा आश्रय लिने व्यवस्था मिलाइएको छ,' उनले भनिन्, 'तर तत्कालै उपयुक्त कोठा भेटिन्छ कि भेटिँदैन भन्नेमा धेरै परिवार अन्योल र चिन्तामा छन् ।'

होल्डिङ सेन्टरमा रहेका १५७ परिवारको बसोबास व्यवस्थापन भइरहेको पीडितका प्रतिनिधि निमा तामाङले बताए । उनका अनुसार २२ देखि २५ परिवारबाहेक अधिकांश आफन्तकहाँ वा भाडाको कोठामा सरिसकेका छन् । 'कोठा नपाएकाहरूका लागि भोलि पर्सिसम्ममा छुट्टै कोठा खोजेर व्यवस्थापन गरिनेछ,' निमाले कान्तिपुरसँग भने ।

राज्यबाट बजेट निकासा हुन केही समय लाग्ने भएकाले तत्कालका लागि विस्थापितहरूको समितिले घरबेटीलाई भाडाको ग्यारेन्टी गरेर कोठा उपलब्ध गराउने व्यवस्था मिलाइरहेको उनले बताए । विस्थापित बालबालिकाको पढाइ काठमाडौंमै चलिरहेकाले आगामी ६ महिनासम्म काठमाडौंमै अस्थायी रूपमा बस्ने सहमति भएको छ । त्यसपछि दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाइनेछ ।

विस्थापितहरूले रसुवाको धुन्चे नजिक भूगर्भविद्हरूको अध्ययनका आधारमा जग्गा खरिद गरेर एकीकृत बस्ती निर्माण गर्नुपर्ने माग गरेका छन् । आफ्नो कला, संस्कृति जोगाउन र हिउँदमा खेतीपाती गर्न राजमार्ग छेउमै बस्ती निर्माण गरी पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव प्रशासनसमक्ष राखेको तामाङले बताए ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न  दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’ होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् । म...

#सुन्दरीजल #होल्डिङ #सेन्टर
Compare →
Onlinekhabar
3d ago
एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?

एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?

एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङले कथित चिनियाँ जासुस एलिस हुआङसँगको उनको प्रेम सम्बन्ध बाहिरिएछि आफ्नो पद गुमाएका छन्। एलिसले एनभिडियाको प्रतिस्पर्धी चिनियाँ कम्पनीलाई टेक चिप्सको गोप्य डाटा सेयर गरिरहेको अनुमान गरिएको थियो । अमेरिकी सञ्चारमाध्यम, वाल …

#सेन्टर #राज्य
Compare →
Nagarik News
3d ago
जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग नाम जोडिएकी चिनियाँ व्यवसायी एलिस हुआङबारे नयाँ खुलासा भएको छ।

#सेन्टर #राज्य
Compare →

Related Stories

World News
Build #2612