Trending
Prev Story
Next Story

एनपिएलको उद्घाटन खेलको टिकट आधा घण्टामै ‘सोल्ड’

Arthasansar •
October 23, 2026 • 02:00 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका...

एनपिएलको उद्घाटन खेलको टिकट आधा घण्टामै ‘सोल्ड’

नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत बिहीबार साँझ ८ बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो । तर, क्रिकेट प्रशंसकहरूको अभूतपूर्व क्रेज र चापका कारण ८ः३० बजे नै बुकिङ प्रणाली बन्द हुन पुग्यो ।

आगामी ९ कात्तिकदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपिएल ३ को पहिलो उद्घाटन खेल सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । उनीहरू अघिल्लो संस्करणका फाइनलिस्ट हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलहरूका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १,००० रुपैयाँ टिकट मूल्य तोकेको छ । इलिमिनेटर र फाइनलको टिकट मूल्य साधारणतर्फ १००० र प्रिमियमतर्फ २ हजार पर्छ ।

बुकिङ खुला भएको केही मिनेटमै इसेवाको प्रणालीमा हजारौँ दर्शकहरू एकैपटक जोडिएका थिए । पहिलो खेलका लागि कुल कति संख्यामा टिकट बिक्री गरियो भन्ने विवरण भने क्यान वा इसेवा कसैले पनि खुलाएका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो । सुदूर...

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Onlinekhabar
5h ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612