Trending
Prev Story
Next Story

कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गरे स्वीकार्य हुँदैन: माधव नेपाल

Nagarik News •
November 21, 2026 • 03:36 PM
1
1 reads 0 reactions

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि सरकारले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे स्वीकार गर्न नसकिने चेतावनी दिएका छन्।

कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गरे स्वीकार्य हुँदैन: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि सरकारले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे स्वीकार गर्न नसकिने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन्।

नेपालले राष्ट्रियता र स्वाधीनतालाई केवल राजनीतिक मुद्दाका रूपमा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।

सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र नेपाली हुनुको गौरवबोध गराउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको स्पष्ट पारे। ‘देशको स्वाभिमानमा आँच आउने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भने।

पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ परिवर्तन देखिन थालेको उल्लेख गर्दै नेपालले विश्वका विभिन्न मुलुकमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन पुनः सक्रिय हुन थालेको दाबी गरे।

ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतीय निर्वाचनमा ६ करोड ५० लाख मत प्राप्त गरी विजय हासिल गरेको उदाहरण दिँदै उनले ल्याटिन अमेरिकाका विभिन्न देशमा वामपन्थी शक्ति अगाडि बढिरहेको बताए।

त्यस्तै मेक्सिको, बुल्गेरिया, स्पेन, फ्रान्स, इटाली र अमेरिकालगायत देशमा पनि कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढिरहेको नेपालको दाबी छ।

‘ब्राजिलमा लुलाको विजयदेखि ल्याटिन अमेरिका, अफ्रिका, युरोप र अन्य देशमा देखिएका राजनीतिक परिवर्तनले नयाँ सन्देश दिएका छन्,’ उनले भने, ‘यसबाट हामीले प्रेरणा लिनुपर्छ र निराश नभई अघि बढ्नुपर्छ।’

विश्वव्यापी परिवर्तनका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनका सामु चुनौतीहरू रहेको नेपालले स्वीकार गरे। तर चुनौतीबाट निराश नभई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रियताको रक्षा गर्नुका साथै जनअधिकारको संरक्षण, जनताका समस्या उजागर र समाजको परिवर्तन तथा रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने नेपालले बताए।

‘राष्ट्रियता, जनअधिकार र जनताका समस्याको पक्षमा आवाज उठाउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘समाजको परिवर्तन र रूपान्तरणका लागि सक्रिय भूमिका खेल्दै न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्नुपर्छ।’

प्रकाशित: ५ मंसिर २०८३ २१:२१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण …

#स्वाभिमान #आँच #कम्युनिष्ट
Compare →
Hamro Patro News
1w ago
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि...

#पुग्ने
Compare →
Ekantipur
1w ago
क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै

क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै

लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ ।

#पुग्ने
Compare →

Related Stories

Politics & Governance
Build #2612