Trending
Prev Story
Next Story

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण …

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् ।

उनले कुनैपनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र आफू नेपाली हुनुको गौरववोध गराउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

नेपालले राष्ट्रियता र स्वाधीनताको विषयलाई केवल राजनीतिक मुद्दाका रूपमा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

‘राष्ट्रिय जागरण अभियानको पहिलो उद्देश्य राष्ट्रियता, देशभक्ति, नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो । देशको स्वाभिमानमा आँच आउने कुनैपनि कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘नेपाली हुनुको गौरव र देशप्रेमको भावना जनतामा जागृत गराउनु यस अभियानको लक्ष्य हो । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशमा वामपन्थी आन्दोलनले पुन: गति लिइरहेको छ ।’

पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नयाँ परिवर्तन देखिन थालेको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन पुन: सक्रिय हुन थालेको दाबी गरे । ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतीय निर्वाचनमा ६ करोड ५० लाख मत प्राप्त गरी विजय हासिल गरेको उदाहरण दिँदै उनले ल्याटिन अमेरिकाका विभिन्न देशमा वामपन्थी शक्तिहरू अगाडि बढिरहेको बताए ।

त्यस्तै मेक्सिको, बुल्गेरिया, स्पेन, फ्रान्स, इटाली र अमेरिकालगायत देशमा पनि कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढिरहेको उनको दाबी छ । विश्व राजनीतिमा देखिएको यस्तो परिवर्तनबाट नेपाली कम्युनिष्टहरूले प्रेरणा लिनुपर्ने उनले बताए ।

नेपालले विश्वव्यापी रूपमा देखिएको परिवर्तनका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनका सामु चुनौतीहरू रहेको स्वीकार गरे । तर चुनौतीबाट निराश नभई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिनुभयो । उहाँले राष्ट्रियताको रक्षा गर्नुका साथै जनअधिकारको संरक्षण, जनताका समस्या उजागर र समाजको परिवर्तन तथा रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए ।

‘ब्राजिलमा लुलाको विजयदेखि ल्याटिन अमेरिका, अफ्रिका, युरोप र अन्य देशमा देखिएका राजनीतिक परिवर्तनले नयाँ सन्देश दिएका छन् । यसबाट हामीले प्रेरणा लिनुपर्छ र निराश नभई अघि बढ्नुपर्छ । नेपालमा पनि कम्युनिष्ट आन्दोलनका चुनौतीहरू छन्,’ उनले भने, ‘त्यसैले कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुका साथै राष्ट्रियता, जनअधिकार र जनताका समस्याको पक्षमा आवाज उठाउनु हाम्रो जिम्मेवारी हो। समाजको परिवर्तन र रूपान्तरणका लागि सक्रिय भुमिका खेल्दै न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्नुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
जलवायु वार्तामा नेपालको संस्थागत कमजोरी स्वीकार, स्थायी टोली बनाउने तयारी

जलवायु वार्तामा नेपालको संस्थागत कमजोरी स्वीकार, स्थायी टोली बनाउने तयारी

परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको तयारी र प्रभावकारी उपस्थिति पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालक...

#स्वीकार
Compare →

Related Stories

National (Nepal)
Build #2612