Trending
Prev Story
Next Story

सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

Nagarik News •
November 21, 2026 • 01:44 PM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक सुरुवात गरेको छ।

सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक सुरुवात गरेको छ।

कीर्तिपुरमा जारी फाइनलमा सुदूरपश्चिमले पावरप्ले अर्थात् सुरुवाती ६ ओभरको समाप्तिमा विना विकेट ६० रन बनाएको छ।

सुदूरपश्चिमलाई जितका लागि अब बाँकी ८४ बलमा ९६ रन आवश्यक छ। हाल १०.०० को रनरेटमा ब्याटिङ गरिरहेको सुदूरपश्चिमको आवश्यक रनरेट ६.८५ मा झरेको छ।

सुदूरपश्चिमका लागि जर्ज मुन्सीले २४ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाउँदै आक्रामक पारी खेलिरहेका छन्।

उनलाई विकेटकिपर विनोद भण्डारीले १२ बलमा २ चौकासहित अविजित १४ रन बनाएर साथ दिइरहेका छन्। सुदूरपश्चिमले अतिरिक्त २ वाइड रन पाएको छ भने पछिल्ला ५ ओभरमा ४८ रन जोडेको छ।

लुम्बिनीका बलरहरूले हालसम्म सुदूरपश्चिमको साझेदारी तोड्न सकेका छैनन्। रुबेन ट्रम्पेलम्यानले २ ओभरमा २६, किशोर महतोले २ ओभरमा १५, अभिषेश गौतमले १ ओभरमा ११ तथा शेर मल्लले १ ओभरमा ८ रन खर्चिएका छन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे, थरिन्दु रत्नायके, आरिफ शेख, सैफ जैब, दीपक बोहरा, हेमन्त धामी र अनिल खरेल ब्याटिङ गर्न बाँकी नै छन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्काको मद्दतले सर्वाधिक अविजित ३९ रन जोडे। यस्तै कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन, विकेटकिपर निरोशन डिकवेलाले १७ बलमा १ चौका र २ छक्कासहित २८ रन तथा अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए।

डार्सी सर्ट १८ बलमा ४ चौकासहित २१ रनमा आउट हुँदा आसिफ शेख १ र सन्दीप जोरा ४ रनमा पेभिलियन फर्किए भने ट्रम्पेलम्यान ४ रनमा अविजित रहे।

लुम्बिनीले अतिरिक्त ४ रन पाउँदा अभिषेश गौतम, शेर मल्ल र किशोर महतोले ब्याटिङ गर्न पाएनन्। लुम्बिनीले ५, ३५, ७४, १०८, ११४ र १४७ रनमा क्रमशः ६ विकेट गुमाएको थियो।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै हेमन्त धामीले २३ रन, थरिन्दु रत्नायकेले २४ रन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन खर्चेर समान १-१ विकेट हात पारे।

अनिल खरेल  र इशान पाण्डे विकेटविहीन रहे।

प्रकाशित: ५ मंसिर २०८३ १९:२९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
44m ago
पावरप्लेमा सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

पावरप्लेमा सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुछ पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

५ मंसिर, काठमाडौं । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । टीयू मैदानमा टस हारेर पहिला …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
10h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612