Trending
Prev Story
Next Story

स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रयास भए देश दुर्घटनामा पर्न सक्छ: प्रचण्ड

Nagarik News •
November 21, 2026 • 10:54 AM
3
3 reads 0 reactions

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन्।

स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रयास भए देश दुर्घटनामा पर्न सक्छ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा उनले प्रतिनिधिसभा निर्वाचनमा जस्तै ‘हावाहुरी’ ल्याएर स्थानीय तह र प्रदेशसभा सदस्य चुनाव जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत चेतावनी दिए।

संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता, थप राजनीतिक संकट र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने प्रचण्डको भनाइ छ।

एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए अरू संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठ्ने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने उनले उल्लेख गरे।

प्रचण्डले निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर चुनावको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिए।

त्यसक्रममा स्थानीय तह र प्रदेशसभा निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको र केही पक्षबाट दुवै चुनाव एकैपटक वा प्रदेशसभाको चुनाव पहिले गर्ने विषय उठाइएको उनले बताए।

तर, संविधान र प्रचलित कानुनानुसार स्थानीय र प्रदेशसभाको निर्वाचन तोकिएको कार्यकाल र समयसीमा भित्रै छुट्टाछुट्टै हुनुपर्नेमा प्रचण्डले जोड दिए।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आउँदो जेठ ५ गतेसम्म र प्रदेशसभा तथा प्रदेश सरकारको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गरिनुपर्ने उनले बताए।

निर्वाचनको नाममा संविधान र कानुन मिच्ने प्रयासप्रति सबै राजनीतिक दल जिम्मेवार र सचेत हुन आवश्यक रहेको प्रचण्डले बताए। उनले लोकतान्त्रिक व्यवस्था, संविधान र कानुनी शासनको रक्षा गर्दै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ मंसिर २०८३ १६:३९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने …

#प्रचण्ड #निर्वाचन #एकैपटक
Compare →
Hamro Patro News
5h ago
रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशको चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’

रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशको चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्...

#प्रचण्ड #निर्वाचन #चुनाव
Compare →
Ekantipur
5h ago
रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

नेकपा संयोजक पुष्पकमल दाहालले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

#प्रचण्ड #निर्वाचन #नेकपा
Compare →
Bizshala
1d ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन #चुनाव
Compare →

Related Stories

Politics & Governance
Build #2612