काठमाडौं । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरू विभाजित भएका छन् । निर्वाचन आयोगले शुक्रबार आगामी निर्वाचनको मितिका सन्दर्भमा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग बोलाएको छलफलमा दलहरूबीच मतभेद देखिएको हो ।
आगामी जेठ ५ गतेबाट स्थानीय तहका प्रतिनिधिको पदावधि सकिँदैछ । त्यसको दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाबारे आयोगले जानकारी गराएको थियो ।
Read full story at source ( barnanmedia.com )