Trending
Prev Story
Next Story

काठमाडौंको मैपीमा प्रहरीको छापा, २४ जना पक्राउ

Nagarik News •
November 21, 2026 • 11:04 AM
3
3 reads 0 reactions

प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरेको जनाएको छ।

1 / 2
Swipe Photos

काठमाडौंको मैपीस्थित एक घरमा प्रहरीले छापा मारेर २४ जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट नौ लाख ६० हजार ५०० रुपैयाँ नेपाली नगदसहित अमेरिकी डलर र भारतीय रुपैयाँसमेत बरामद भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति ९:३० बजे प्रहरी टोलीले मैपीस्थित एक घरमा छापा मारेको थियो। त्यसक्रममा २४ जना हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल छन्।

प्रहरीले पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १६:४९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ। बिहीबार विष्णुपुर …

#छापा #प्रहरीको
Compare →
Ekantipur
10h ago
५ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

५ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४८.५८मा, युरो रु १६३.०७मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#अमेरिकी #डलर
Compare →
Hamro Patro News
17h ago
इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।

#अमेरिकी #डलर
Compare →
Bizshala
1d ago
सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान्...

#अमेरिकी #डलर
Compare →

Related Stories

National (Nepal)
Build #2612