Trending
Prev Story
Next Story

घातक स्वायत्त हतियार नियमन गर्न देशहरू सहमत

Ekantipur •
November 21, 2026 • 11:02 AM
2
2 reads 0 reactions

जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो

घातक स्वायत्त हतियार नियमन गर्न देशहरू सहमत

जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो

काठमाडौँ — घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’ को प्रयोग नियमन गर्नका लागि अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका १२८ सदस्य राष्ट्र सहमत भएका छन् ।

जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै कानूनी रूपमा बाध्यकारी नियम आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित हतियारले मानव जीवन र मृत्युसम्बन्धी निर्णय आफैँ गर्न सक्ने जोखिम छ ।

संयुक्त राष्ट्रसङ्घीय परम्परागत हतियारसम्बन्धी महासन्धि (सिसिडब्लु) को समीक्षा सम्मेलनका अध्यक्ष जुलियन थोनीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार कुन स्वायत्त हतियार प्रतिबन्धित गर्ने र कुन नियमन गरेर प्रयोग गर्न दिने भन्ने विषयमा आगामी वार्ता केन्द्रित हुने बताए ।

अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी देशहरू कडा प्रतिबन्धको पक्षमा नरहेकाले यस विषयमा सहमति जुटाउन कठिन हुँदै आएको छ ।

‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेन र ह्युमन राइट्स वाचकी भेरिटी कोयलले सहमतिलाई निराशाजनक बताउँदै कानूनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
23h ago
१२८ देशहरू सन् २०२८ भित्र एआई सञ्चालित किलर रोबोट सम्बन्धी नियम विस्तार गर्न सहमत

१२८ देशहरू सन् २०२८ भित्र एआई सञ्चालित किलर रोबोट सम्बन्धी नियम विस्तार गर्न सहमत

५ मंसिर, काठमाडौं । स्विट्जरल्यान्डको जेनेभा सहरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी १२८ देशहरू आगामी दुई वर्षभित्र किलर रोबोटका रूपमा चिनिने घातक स्वचालित हतियार नियमन गर्ने सम्भावित सम्झौतालाई विस्तार गर्न सहमत भएका छन्। प्रहार गर्ने अन्तिम …

#देशहरू #सहमत
Compare →
Nagarik News
2d ago
एआई नियमनमा ट्रम्पको असहमति

एआई नियमनमा ट्रम्पको असहमति

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

#नियमन #सहमत
Compare →

Related Stories

World News
Build #2612