काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका लागि ३९ बुँदे माग अघि सारेको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस तथा जबर्जस्ती विवाह अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा जारी विज्ञप्तिमा बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )