Trending
Prev Story
Next Story

चुवाको जनजीवन र प्रकृतिको सौन्दर्य [तस्बिरहरू]

Ekantipur •
November 21, 2026 • 08:02 AM
1
1 reads 0 reactions

मोदी खोला छेउको चुवा गाउँबाट मौसम खुलेको समयमा उत्तरतिरका माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल प्रस्ट देखिन्छ । चुवालाई अहिले राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले छोएको छ ।

चुवाको जनजीवन र प्रकृतिको सौन्दर्य [तस्बिरहरू]

मोदी खोला छेउको चुवा गाउँबाट मौसम खुलेको समयमा उत्तरतिरका माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल प्रस्ट देखिन्छ । चुवालाई अहिले राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले छोएको छ ।

कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुन्थ्यो, पर्वतको चुवा गाउँ । पोखरा–बागलुङ (भूपी शेरचन) राजमार्ग निर्माण हुनुअघि बुटवल, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ हुँदै मुस्ताङसम्म आवतजावत गर्ने यात्रुका लागि चुवा महत्वपूर्ण पैदलमार्ग थियो । थाकखोला–बटौली जाने प्रमुख बाटो कार्कीनेटा पुग्नसमेत यही बाटो प्रयोग गरिन्थ्यो ।

पर्वतको कुश्मा नगरपालिका–८ स्थित चुवालाई अहिले राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले छोएको छ । लोकमार्ग आसपास बजार विस्तार हुने क्रम बढ्दो छ । भौतिक विकासको हिसाबले फड्को मारेको चुवा प्राकृतिक सुन्दरताको हिसाबले पनि लोभलाग्दो छ । मौसम खुलेको समयमा चुवाका प्रायजसो घरबाट उत्तरतिरका माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल स्पष्ट देखिन्छ ।

समुद्री सतहबाट करिब नौ सय मिटरको उचाइमा रहेको चुवाको पुरानो रौनक भने सडक यातायातको विस्तारसँगै क्रमशः बदलियो । २०४० सालपछि पोखरा–बागलुङ राजमार्ग निर्माण भएसँगै पैदलमार्गमा निर्भर आवागमन र व्यापारिक गतिविधि घट्दै गए । समयक्रममा पुरानो बाटोको महत्व ओझेलमा पर्दै गयो। अहिले राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले चुवालाई छोएको छ। लोकमार्ग आसपास बजार विस्तार हुने क्रम बढ्दो छ ।

निशा श्रेष्ठ नेपाल फोटो लाइब्रेरीमा कार्यरत छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#मध्यपहाडी #लोकमार्ग
Compare →

Related Stories

Science & Climate
Build #2612