डा. बालचन्द्र लुइटेल, डा. रुपा मुनाकर्मी र बबिता महर्जन
प्रारम्भिक बाल विकास र बाल शिक्षा (ईसीईडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो । यस्तो विकास पाठ्यपुस्तक कण्ठ पार्ने परिपाटीबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहमय अन्तरक्रियाद्वारा सम्भव हुन्छ । यद्यपि, नेपालमा विगत दुई दशकयता ईसीईडीका कार्यक्रमहरू तीव्र रूपमा विद्यालयीकरण (स्कुलिफिकेशन) को सिकार बनिरहेका छन् । विद्यालयीकरण भन्नाले प्रारम्भिक बाल्यकालको सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाली डेस्क–बेन्च, किताब–कापी, गृहकार्य एवम् परीक्षातर्फ मोड्ने अनि बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभतालाई पाखा लगाउने अभ्यास हो । हामीले विभिन्न मञ्चहरूमा यस विद्यालयीकरण र औपचारिक विद्यालयजस्तो बनाउने प्रवृत्तिप्रति निरन्तर ध्यानाकर्षण गराउँदै यसले ईसीईडीलाई केबल ‘विद्यालय प्रवेशको तयारी’ मा सीमित तुल्याएको कुरा प्रस्ट पार्दै आएका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )