Trending
Prev Story
Next Story

फरार प्रतिवादी पक्राउ गरी २५ वर्षभन्दा बढी कैद असुल

Ekantipur •
November 21, 2026 • 06:02 AM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका प्रतिवादीबाट २५ वर्ष १० महिना ३ दिन कैद तथा ३२ लाख ७ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ।

फरार प्रतिवादी पक्राउ गरी २५ वर्षभन्दा बढी कैद असुल

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका प्रतिवादीबाट २५ वर्ष १० महिना ३ दिन कैद तथा ३२ लाख ७ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ।

पर्सा — पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै कात्तिक महिनामा ८५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका प्रतिवादीबाट २५ वर्ष १० महिना ३ दिन कैद तथा ३२ लाख ७ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ।

अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय सुनाइए पनि फरार रहेका प्रतिवादीलाई प्रहरीले विशेष खोजतलास अभियानमार्फत पक्राउ गरेको हो।

कात्तिक महिनामा पक्राउ परेका ८५ जनामध्ये कैद सजाय र जरिवाना दुवै असुल गर्नुपर्ने प्रतिवादीसमेत छन्। उनीहरूबाट असुल हुन बाँकी कैद र जरिवानाको विवरण अदालतको फैसला कार्यान्वयनसँग सम्बन्धित छ।

अदालतबाट फैसला भइसकेका मुद्दाका प्रतिवादी लामो समयसम्म पक्राउ नपर्दा न्यायिक प्रक्रिया अधुरो रहने भएकाले प्रहरीले फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार प्रतिवादी खोज्ने अभियान सन्चालन गर्दै आएको छ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा उपस्थित गराउने तथा कैद र जरिवाना असुलीको प्रक्रिया अघि बढाउने गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपि चक्रबहादुर मल्लले बताएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी ४५ वर्षीया हदिसुन नेशालाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।

#कैद #फरार #प्रतिवादी
Compare →
Onlinekhabar
3d ago
देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

१ मंसिर, पोखरा । कास्कीको इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ । पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीको …

#कैद
Compare →

Related Stories

National (Nepal)
Build #2612