काठमाडौं । जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न स्थापना गरिएको हानि–नोक्सानी कोषले नेपाललाई करिब ३ अर्ब २ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विज्ञप्तिमार्फत उक्त निर्णयबारे जानकारी दिएको हो।
कोषले २ करोड अमेरिकी डलर बराबरको अनुदान भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने उद्देश्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( tourismface.com )