Trending
Prev Story
Next Story

एनपीएल–३ फाइनल : हेर्नलायक ६ खेलाडी

Ekantipur •
November 21, 2026 • 01:32 AM
3
3 reads 0 reactions

दुवै टोलीका प्रभावशाली खेलाडीले ब्याट, बल र नेतृत्वमार्फत फाइनलको रोमाञ्चक भिडन्तलाई आफ्नो पक्षमा पार्न सक्नेछन्।

एनपीएल–३ फाइनल : हेर्नलायक ६ खेलाडी

दुवै टोलीका प्रभावशाली खेलाडीले ब्याट, बल र नेतृत्वमार्फत फाइनलको रोमाञ्चक भिडन्तलाई आफ्नो पक्षमा पार्न सक्नेछन्।

यी श्रीलंकाली विकेटकिपर डिकवेला बढी अपिल गरेर हैरान नै पार्छन् । तर जतिबेला टिमका लागि पुर्‍याएको योगदान हेर्नुपर्छ, उनको प्रशंसा गर्नैपर्छ । अचेल टी–२० क्रिकेटमा टिमको रणनीति मैदानमा लागू गर्ने भन्ने नै विकेटकिपर हुन्छ । डिकवेलाले यो काम असाध्यै राम्रोसँग गरिरहेका छन् । त्यसमाथि उनको ब्याट पनि बोलिरहेकै छ । सुदूरपश्चिमविरुद्ध नटआउट रहेर उनले बनाएको ५९ रन कसरी बिर्सन सकिन्छ र ?

यसपल्ट रोहितको ब्याटबाट चाहिँदो रन निस्केको छैन । उनको सबैभन्दा ठूलो स्कोर भन्नु नै नटआउट ४७ रहेको छ । त्यो पोखरा एभेन्जर्सविरुद्ध थियो । उनी उपयोगी बलिङ गर्छन् नै । लुम्बिनीका लागि उनको सबैभन्दा ठूलो योगदान भन्नु नै कप्तानी हो । जसरी उनले तीन सिजन आफ्नो टिमलाई अगाडि बढाएका छन्, त्यो उल्लेखनीय छ । लुम्बिनीको अहिलेसम्मको समग्र प्रदर्शनमा उनको कप्तानीलाई धेरै श्रेय दिनुपर्छ ।

कप्तान रोहित पनि दक्षिण अफ्रिकामा जन्मेका नामिबियाली बलर रुबेनको प्रशंसा गरेर थाक्दैनन् । दोस्रो सिजन उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका थिए । लुम्बिनीले यसपल्ट तय गरेको फाइनल यात्रामा पनि उनको गतिलो योगदान छ । उनले १० विकेट लिइसकेका छन्, ६ खेलमा । त्यसमा पोखराविरुद्ध १६ रन खर्चेर लिएको ३ विकेट सबैभन्दा राम्रो प्रदर्शन हो ।

सुदूरपश्चिम टिमका आधार नै यिनै खेलाडी हुन् । यो टिम समस्यामा पर्दा उद्दार गर्नेमा नै दीपेन्द्र पर्दछन् । यसपल्ट उनले दुईपल्ट ‘प्लेयर अफ द म्याच’ प्रदर्शन गरिसकेका छन् । उनले तीन अर्धशतक पनि बनाएका छन्, त्यसमा ६० रन उच्च छ । त्यस अर्थमा फाइनलमा लुम्बिनीविरुद्ध राम्रो गर्ने हो भने उनको ब्याट बोल्नैपर्छ । क्वालिफायर–वानमा उनले बनाएको ५२ रन हारका कारण ओझेलमा परेको थियो ।

सुदूरपश्चिमलाई फाइनल पुर्‍याउन क्वालिफायर–टुमा निर्णायक प्रदर्शन गर्ने यिनै श्रीलंकाली खेलाडी हुन् । चितवनविरुद्धको उक्त खेलमा उनले ५३ रन बनाएर नटआउट रहे । उनी यस सिजन ६ खेलमध्ये चार इनिङ्समा नटआउट छन् । यो उनको खेलको सबैभन्दा ठूलो विशेषता छ, आउट नभएर निर्णायक खेल खेल्न सक्ने । उनी ठीकठाक बलिङ पनि गर्छन् र ६ विकेट लिइसकेका छन् ।

न्युजिल्यान्डका यी बलिङ अलराउन्डर सुदूरपश्चिम टिमका सबैभन्दा प्रभावशाली खेलाडीमा पर्छन् । त्यसैले त उनले यसपल्ट टिमका सबै ९ खेल खेलेका छन् । त्यसमा उनले ब्याट तथा बल दुवैबाट योगदान गरेका छन् । उनले यसपल्ट लिएको विकेटसंख्या छ, १३ । यसले देखाउँछ, उनको भूमिका कति धेरै छ भनेर । जनकपुर बोल्ट्सविरुद्ध लिग चरणमा १३ रनमा ३ विकेट उनको उच्च व्यक्तिगत प्रदर्शन हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् । फाइनल खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिक...

#एनपीएल #फाइनल
Compare →
Nagarik News
1h ago
एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #फाइनल
Compare →
Bizshala
14h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #फाइनल
Compare →
Onlinekhabar
15h ago
एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ …

#एनपीएल #फाइनल
Compare →
Arthasansar
11h ago
टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर इसेवा विवादमा परेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी...

#एनपीएल #फाइनल
Compare →

Related Stories

Sports
Build #2612