काठमाडौं । एसिया कप राइजिङ स्टार प्रतियोगितामा नेपाली क्रिकेट टोली भारत ‘ए’ विरुद्ध लज्जास्पद हार बेहोर्न बाध्य भएको छ। भारतले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल मात्र २६ रनमा समेटिएपछि भारतले ३०६ रनको विशाल जित निकालेको हो।
भारतका बलरसामु निरीह देखिएको नेपाली टोली ११.३ ओभरमै अलआउट भयो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रसिद खान र पवन सर्राफले सर्वाधिक ६–६ रन बनाए।
Read full story at source ( kendrabindu.com )