Trending
Prev Story
Next Story

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

Nagarik News •
November 20, 2026 • 09:54 AM
3
3 reads 0 reactions

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्।

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

भारतको महाराष्ट्रस्थित गोन्डियामा श्रीमानसँग प्रेम सम्बन्ध रहेको शंकामा एक महिलाले भाडाका हत्यारा लगाएर एयरलाइन्स कर्मचारीको हत्या गराएको प्रहरीले खुलासा गरेको छ।

३५ वर्षीया वर्षा तुर्करको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका पुरुष साथी नितेश अग्रवालकी श्रीमती मोना अग्रवालसहित चार जनालाई पक्राउ गरेको छ। घटनामा अन्य दुई जना फरार छन्।

पुणे विमानस्थलमा एयरलाइन्स कम्पनीमा काम गर्ने वर्षा दीपावलीको बिदामा मध्य प्रदेशको बालाघाटस्थित माइती गएकी थिइन्। नोभेम्बर १४ मा उनी नितेशसँग महाराष्ट्रको गोन्डिया घुम्न गएकी थिइन्।

फर्कने क्रममा उनीहरू बोन्द्रानी गाउँको जंगलमा रहेको शिव मन्दिर नजिकै रोकिएका थिए। साँझ साढे ५ देखि ६ बजेको बिचमा मोटरसाइकलमा आएका तीन जनाले वर्षामाथि चक्कु प्रहार गरेका थिए। पेट र ढाडमा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको थियो।

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्। कुणालले शाहरुख पठानमार्फत १३ लाख भारतीय रुपैयाँमा हत्या गराउने सम्झौता गरेको प्रहरीको दाबी छ। शाहरुखले हत्याका लागि अन्य तीन जनालाई परिचालन गरेका थिए।

अनुसन्धानका क्रममा नितेशले चलाएको कार मोनाकै नाममा रहेको र त्यसमा जीपीएस सुविधा रहेको खुलेको छ। प्रहरीले मोनाले गाडीको लोकेसन ट्र्याक गर्ने एपको पहुँच हत्यामा संलग्न व्यक्तिहरूलाई दिएको जनाएको छ। यसबाट उनीहरूले नितेश र वर्षाको गतिविधि निगरानी गरी जंगलमा पुगेको स्थान पत्ता लगाएका थिए।

स्थानीय सञ्चारमाध्यम का अनुसार सुरुमा घटनालाई लुटपाटका रूपमा प्रस्तुत गरिएको थियो। नितेशले अपरिचित व्यक्तिहरूले आक्रमण गरी नगद र गरगहना लुटेको बताएका थिए। तर वर्षाको शरीरमा रहेका गरगहना सुरक्षित भेटिएपछि प्रहरीलाई उनको बयानमाथि शंका लागेको थियो।

प्रहरीले घटनाको अनुसन्धानका लागि ६ वटा टोली गठन गरी करिब २०० सीसीटीभी क्यामेराको फुटेज जाँच गरेको थियो। अनुसन्धानपछि मोना अग्रवाल, कुणाल कुम्भालकर, शाहरुख पठान र इमरान शेख पक्राउ परेका छन्। नलेन शेख र कृष राउत भने फरार छन्।

प्रहरीले उनीहरूको खोजी जारी राखेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १५:३९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको ह‌*त्या, श्रीमान् पक्राउ

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको ह‌*त्या, श्रीमान् पक्राउ

१ मंसिर, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई …

#श्रीमती #श्रीमान
Compare →
Hamro Patro News
4d ago
सम्बन्धमा मौनताको पर्खाल : कतै आफ्नै बानीले प्रेममा दूरी त ल्याउँदै छैन?

सम्बन्धमा मौनताको पर्खाल : कतै आफ्नै बानीले प्रेममा दूरी त ल्याउँदै छैन?

सम्बन्धहरू सधैँ ठुलो झगडा वा धोकाका कारण मात्र टुट्दैनन्। कतिपय अवस्थामा दूरीहरू निकै शान्त रूपमा जीवनमा भित्रिन्छन्- नभनिएका सन्देश, विनाकारणको विवाद र कुराकानी कहिले झगडामा परिणत हुन्छ भन्नेसम्म ...

#सम्बन्ध #प्रेम
Compare →
Ekantipur
6h ago
आफैंसँगको प्रेममा छिन् ‘ब्रेकअप लेडी’ अनन्या पाण्डे ?

आफैंसँगको प्रेममा छिन् ‘ब्रेकअप लेडी’ अनन्या पाण्डे ?

अनन्याले भनेकी छन्, ‘यो सत्य हो कि म केही सम्बन्धहरूबाट गुज्रिसकेकी छु । तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई ती सम्बन्धहरुमा कुनै कमजोरी वा खराबी छ जस्तो लाग्दैन ।’

#सम्बन्ध #प्रेम
Compare →

Related Stories

World News
Build #2612