Trending
Prev Story
Next Story

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

Ekantipur •
October 23, 2026 • 01:00 AM
1
1 reads 0 reactions

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।

काठमाडौँ — चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।

चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रविन्दु उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा रहेको एक उच्च हिमाली काउन्टीमा थियो। भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको केन्द्रविन्दु आसपासका गाउँमा केही घरका भित्तामा चिरा परेको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा मानिसहरू घरबाट बाहिर निस्केर सडकमा तथा गाडीभित्र आश्रय लिइरहेको देखिन्छ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पपछि आसपासका क्षेत्रमा ३ देखि ४ म्याग्निच्युडका परकम्पसमेत गएका छन्।

समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा छ।

यो सन् २०२४ को जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जनाको #मृत्यु
Compare →
Hamro Patro News
6h ago
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । ...

#जनाको #मृत्यु
Compare →
Arthasansar
14h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

Science & Climate
Build #2611