Trending
Prev Story
Next Story

युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
November 20, 2026 • 09:02 AM
2
2 reads 0 reactions

संस्थागत भर्ती प्रक्रिया कमजोर हुँदा श्रमिक एजेन्ट र बिचौलियाको भर पर्नुपर्ने अवस्था बढेको छ । आखिर युरोपको रोजगारीमा जाने श्रमिक किन बिचौलियाको भर पर्न बाध्य छन् ? उनीहरू कसरी ठगीमा परिरहेका छन् ? र यसलाई रोक्न के गर्नुपर्छ ?

युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

संस्थागत भर्ती प्रक्रिया कमजोर हुँदा श्रमिक एजेन्ट र बिचौलियाको भर पर्नुपर्ने अवस्था बढेको छ । आखिर युरोपको रोजगारीमा जाने श्रमिक किन बिचौलियाको भर पर्न बाध्य छन् ? उनीहरू कसरी ठगीमा परिरहेका छन् ? र यसलाई रोक्न के गर्नुपर्छ ?

काठमाडौँ — युरोपमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या बढेसँगै भर्ती प्रक्रियामा पनि ठूलो फेरबदल आएको छ ।  रोजगारदाताबाट प्राप्त मागपत्र प्रमाणीकरण रोकिएपछि संस्थागत माध्यमबाट श्रमिक पठाउने बाटो खुम्चिएको छ भने व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या ह्वात्तै बढेको छ ।

अहिले युरोप जाने झन्डै ८७ प्रतिशत श्रमिक व्यक्तिगत माध्यमबाट श्रम स्वीकृति लिन्छन् । संस्थागत भर्ती प्रक्रिया कमजोर हुँदा श्रमिक एजेन्ट र बिचौलियाको भर पर्नुपर्ने अवस्था बढेको छ । यसले चर्को शुल्क असुली, ठगी र श्रमिक शोषणको जोखिमसमेत बढाएको छ । आखिर युरोपको रोजगारीमा जाने श्रमिक किन बिचौलियाको भर पर्न बाध्य छन् ? उनीहरू कसरी ठगीमा परिरहेका छन् ? र यसलाई रोक्न के गर्नुपर्छ ? पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

१. युरोप जाने नेपाली श्रमिकको भर्ती प्रक्रियामा के परिवर्तन आएको छ ?

८ मार्च २०२३ मा युरोपस्थित नेपाली कूटनीतिक नियोगहरूले रोजगारदाताबाट प्राप्त मागपत्र प्रमाणीकरण स्थगित गरेपछि संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया खुम्चिएको छ । त्यसपछि व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जानेको संख्या तीव्र रूपमा बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०२०/२१ मा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ हजार ३ सय ६६ थियो । २०२५/२६ को आंशिक अवधिमा यो संख्या बढेर ५३ हजार २ सय १४ पुगेको छ । कुल श्रम स्वीकृतिमा व्यक्तिगत माध्यमको हिस्सा ४९.२ प्रतिशतबाट बढेर ८६.७ प्रतिशत पुगेको छ ।

२. मागपत्र प्रमाणीकरण रोकिएपछि श्रमिक कसरी बिचौलियाको भर पर्न थाले ?

मागपत्र प्रमाणीकरण रोकिएपछि म्यानपावर कम्पनीमार्फत रोजगारदाताको मागअनुसार संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया प्रभावित भयो । तर, युरोप जाने श्रमिकको चाहना र त्यहाँको श्रम बजारमा रहेको माग रोकिएन । वैधानिक संस्थागत बाटो खुम्चिएपछि श्रमिक व्यक्तिगत पहुँच, एजेन्ट, बिचौलिया, शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीको सम्पर्कमा पुग्न थाले । यसले सरकारी नियमन र निगरानीबाहिरबाट हुने भर्तीलाई बढावा दिएको अध्ययनको निष्कर्ष छ ।

३. बिचौलियाले कसरी श्रमिकलाई ठगी गरिरहेका छन् ?

बिचौलिया तथा अनधिकृत एजेन्टले फेसबुक, टिकटक, ह्वाट्सएप र म्यासेन्जरमार्फत आकर्षक तलब र सुविधाको विज्ञापन गर्ने, नक्कली मागपत्र तथा भिसा देखाउने र रोजगारीको झुटो आश्वासन दिएर रकम असुल्ने गरेका छन् । कतिपयले वास्तविक रोजगारदाता, कामको प्रकृति र तलबबारे स्पष्ट जानकारीसमेत पाउँदैनन् । वैदेशिक रोजगार विभागमा व्यक्तिगत माध्यमबाट जाने श्रमिकको ठगीसम्बन्धी उजुरी बढिरहेका छन् । रकम बुझाएको प्रमाण नहुने र एजेन्टको वास्तविक पहिचान नखुल्ने हुँदा पीडितलाई न्याय पाउनसमेत कठिन हुने गरेको छ ।

४. युरोप जान श्रमिकले कति रकम खर्च गरिरहेका छन् र त्यसले कस्तो जोखिम निम्त्याएको छ ?

अध्ययनमा उद्धृत समाचार सामग्रीअनुसार व्यक्तिगत माध्यमबाट युरोप जाने कतिपय श्रमिकले दुई लाखदेखि १५ लाख रुपैयाँसम्म तिरेका छन् । जटिल आप्रवासन मार्ग प्रयोग गर्ने कतिपयले ३० लाख रुपैयाँसम्म बुझाएको विवरणसमेत अध्ययनमा छ । ठूलो रकम खर्च गरेर विदेश पुगेका श्रमिकले सम्झौताअनुसारको काम र तलब नपाउँदा वा रोजगारी गुमाउँदा आर्थिक संकट झेल्नुपरेको छ । ऋण तिर्नुपर्ने दबाबले उनीहरूलाई अर्को देशमा जानुपर्ने, अनियमित रूपमा काम गर्नुपर्ने वा शोषण सहेर बस्नुपर्ने अवस्थामा पुर्‍याउन सक्छ । विभागमा २०२५/२६ को पहिलो ६ महिनामै ठगीका २ हजार १६ उजुरी परेका छन् । ती उजुरीमा दाबी गरिएको रकम १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी छ ।

५. श्रमिकलाई ठगी र शोषणबाट जोगाउन के गर्नुपर्छ ?

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) को अध्ययनले रोजगारदाताबाट प्राप्त मागपत्र प्रमाणीकरण पुनः सुरु गर्न, युरोपेली मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्न र श्रमिकको अधिकार संरक्षणका लागि प्रभावकारी नियमन गर्न सुझाव दिएको छ । श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरण सुचारु गर्न परराष्ट्र मन्त्रालयसँग छलफल गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भने उच्चस्तरीय कार्यदलबाट स्थलगत अध्ययन, कार्यविधिमा समन्वय र कन्सुलर सेवा विभाग तथा वैदेशिक रोजगार विभागका अनलाइन प्रणाली एकीकृत गर्ने विषयमा जोड दिएको छ । साथै, श्रमिकलाई गन्तव्य मुलुकको भाषा, कानुन, रोजगारीको प्रकृति र अधिकारबारे जानकारी दिने पूर्वप्रस्थान अभिमुखीकरण तथा सामाजिक सञ्जालबाट हुने भर्तीको अनुगमन पनि आवश्यक देखिएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई...

#श्रमिक #जाने
Compare →
Onlinekhabar
21h ago
मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप

मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप

३ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध ४ दिन म्याद थप भएको छ। तत्कालीन श्रम, …

#श्रमिक #ठगी
Compare →
Nagarik News
5h ago
कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

#रोजगारी
Compare →
Hamro Patro News
20h ago
नेपाली श्रमिकबाट पौने २ अर्ब रुपैयाँ असुलीको अन्तर्कथा: 'चारथरी मुद्दा आकर्षित हुनसक्ने'

नेपाली श्रमिकबाट पौने २ अर्ब रुपैयाँ असुलीको अन्तर्कथा: 'चारथरी मुद्दा आकर्षित हुनसक्ने'

युवा व्यवसायी कैलाश खड्कालाई गिरफ्तार गरिएको एक महिनापछि पूर्वमन्त्री र उच्च अधिकारीहरू समेत पक्राउ परेपछि उक्त प्रकरणप्रति चासो बढेको पाइन्छ। पक्राउ परेका दुई जना भूतपूर्व श्रममन्त्री र मन्त्रालय...

#श्रमिक
Compare →

Related Stories

National (Nepal)
Build #2612