Trending
Prev Story
Next Story

प्रदेश र स्थानीय निर्वाचन एकैपटक वा छुट्टाछुट्टै भन्ने विषय बृहत् छलफलपछि मात्रै : प्रवक्ता खरेल

Ekantipur •
November 20, 2026 • 07:32 AM
3
3 reads 0 reactions

रास्वपा प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच बृहत् छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

प्रदेश र स्थानीय निर्वाचन एकैपटक वा छुट्टाछुट्टै भन्ने विषय बृहत् छलफलपछि मात्रै : प्रवक्ता खरेल

रास्वपा प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच बृहत् छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

काठमाडौँ — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा बृहत् छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ । रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले सञ्चारकर्मीसँग आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे बहस हुने बताए । आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच बृहत् छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ थियो ।

‘पहिले निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका तर्फबाट धारणा आउँछ । स्थानीय तह र प्रदेशको निर्वाचन छुट्टाछुट्टै गर्ने कि सँगै गर्ने, सँगै गर्दा के फाइदा र बेफाइदा छन् भन्ने विषयमा वृहत छलफल गर्छौं,’ उनले भने ।

शुक्रबारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा

प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा

४ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको …

#निर्वाचन #मात्रै #रास्वपा
Compare →
Hamro Patro News
1h ago
स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफलपछि निर्णय लिने रास्वपाको तयारी

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफलपछि निर्णय लिने रास्वपाको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्ने विषयमा छलफलपछि आधिकारिक धारणा तय गर्ने भएको छ। स्थानीय तहको निर्वाचन तयारीबारे छ...

#निर्वाचन #रास्वपा #एकैपटक
Compare →
Nagarik News
1h ago
पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनसँगै पार्टीको विचारलाई भविष्यसम्म स्थापित गर्ने उद्देश्यले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ।

#मात्रै
Compare →
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612