Trending
Prev Story
Next Story

पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

Nagarik News •
November 20, 2026 • 07:23 AM
3
3 reads 0 reactions

आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनसँगै पार्टीको विचारलाई भविष्यसम्म स्थापित गर्ने उद्देश्यले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ।

पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई थप बलियो र प्रभावकारी बनाउन पुस्तान्तरणसँगै अग्रज नेताहरूको अनुभव र युवाहरूको जोशलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्।

राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शाहीले पार्टीमा विभिन्न क्षेत्रको अनुभव हासिल गरेका व्यक्तिहरूको क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी दिइने बताए।

इन्जिनियरिङ, चिकित्सा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूलाई उनीहरूको दक्षताअनुसार पार्टीमा स्थापित गर्दै लैजाने उनको भनाइ छ।

‘पार्टी युवाहरूको जोशले मात्रै बन्दैन। युवाहरूको जोश चाहिन्छ, अग्रजहरूको होस चाहिन्छ। सबैको साथ र सहकार्यबाट मात्रै पार्टी अगाडि बढ्छ,’ शाहीले भने।

उनले पार्टीको विचार र सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै आफूले राप्रपामा प्रवेश गरेदेखि नै उठाउँदै आएको मुद्दामा अडिग रहेको बताए।

यस्तै, उनले अहिलेको महाधिवेशनलाई मात्रै केन्द्रमा राखेर आफूले पुस्तान्तरणको बहस नउठाएको बताए।

‘पुस्तान्तरण भनेको जिम्मेवारीको भारी बोक्ने विषय होइन, त्यसलाई सम्हालेर अगाडि बढ्ने कुरा हो। जनताले विश्वास गर्ने र विचारलाई निरन्तरता दिन सक्ने नेतृत्व आवश्यक हुन्छ। सबैलाई मिलाएर अगाडि लैजान सकिन्छ’, उनले भने।

यस्तै, शाहीले आफ्नो पुस्ताबाट आफू मात्रै नेतृत्वको विकल्प नभएको बताए। ‘म मात्रै विकल्प हुँ भन्ने होइन। अरू आउनुहुन्छ भने उहाँहरूलाई पनि मेरो साथ र समर्थन रहन्छ,’ उनले भने।

आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनसँगै पार्टीको विचारलाई भविष्यसम्म स्थापित गर्ने उद्देश्यले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ। उनले गठबन्धनकै भरमा मात्रै पार्टीको राजनीतिक भविष्य निर्भर हुन नहुने बताए।

उनले भने,‘तालमेल गर्नैपर्छ भन्ने छैन। हामीले दुई–दुई पटकसम्म जुम्लामा कुनै दलसँग चुनावी तालमेल नगरी निर्वाचन जितेका छौँ। जुम्लाकै जितले अहिले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन महत्वपूर्ण भूमिका खेलेको हो।’

यस्तै, गगन थापाको राजनीतिक बाटोमा जान लागेको हो कि भन्ने प्रश्नमा शाहीले आफू कुनै व्यक्तिको बाटोमा नभई युवा पुस्ताको नेतृत्व स्थापित गर्ने अभियानमा रहेको बताए।

उनले भने, ‘हामी युवा पुस्ताको बाटोमा गएका हौँ। त्यसो हो भने बालेन शाहलाई पनि त्यही भन्नुहोला, अरू युवाहरूलाई पनि त्यही भन्नुहोला। अब युवा पुस्ताले नेतृत्व लिन सकेन भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव हुँदैन।’

उनले नेतृत्व परिवर्तन कुनै एक पार्टीमा मात्रै सीमित नभई सबै राजनीतिक तथा सामाजिक क्षेत्रमा आवश्यक रहेको बताए।

यस्तै, शाहीले अग्रज नेताहरूलाई सम्मानजनक भूमिकामा राख्दै नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने आग्रह समेत गरिसकेको  बताए।

‘अग्रज नेताहरू शीर्ष स्थानमा रहनुस्, हामी उहाँहरूलाई साथमै लिएर अगाडि बढ्छौँ। तर पार्टीको विचारलाई देशभर स्थापित गर्न युवा जोश, जाँगर र अग्रजहरूको अनुभव दुवै आवश्यक छन्,’ शाहीले भने।

प्रकाशित: ४ मंसिर २०८३ १३:०८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
24m ago
‘अब चुप लागेर नबस्नुहोस्’ भन्दै युवालाई नेतृत्वमा आउन ज्ञानेन्द्र शाहीको आह्वान, जारी गरे पाँच पृष्ठको अपिल (पुर्णपाठ)

‘अब चुप लागेर नबस्नुहोस्’ भन्दै युवालाई नेतृत्वमा आउन ज्ञानेन्द्र शाहीको आह्वान, जारी गरे पाँच पृष्ठको अपिल (पुर्णपाठ)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पाँच पृष्ठको अपिल जारी गर्दै आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि सर्न पार्टीका युवालाई आग्रह गरेका छन्। अध्यक्ष पदमा उम...

#शाही #नेतृत्व #ज्ञानेन्द्र
Compare →
Onlinekhabar
1h ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#शाही #ज्ञानेन्द्र
Compare →
Ekantipur
1h ago
प्रदेश र स्थानीय निर्वाचन एकैपटक वा छुट्टाछुट्टै भन्ने विषय बृहत् छलफलपछि मात्रै : प्रवक्ता खरेल

प्रदेश र स्थानीय निर्वाचन एकैपटक वा छुट्टाछुट्टै भन्ने विषय बृहत् छलफलपछि मात्रै : प्रवक्ता खरेल

रास्वपा प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच बृहत् छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

#मात्रै
Compare →
Bizshala
1d ago
सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने...

#नेतृत्व
Compare →

Related Stories

Politics & Governance
Build #2612