टोकियो । जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन् । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका अध्यक्ष फिलिप डायलोले पनि उम्मेदवारी दिएपछि ताशिमाले प्रतिस्पर्धा जारी राख्ने बताएका हुन् ।
डायलोले इन्फान्टिनोलाई पराजित गर्न साझा रणनीतिका लागि सहकार्यको प्रस्ताव गरेका छन् । ताशिमाले डायलोलाई प्रतिद्वन्द्वीका रूपमा नहेरेको र उनीसँग निकट सहकार्य गर्न चाहेको बताए । तर, तत्काल उम्मेदवारी फिर्ता लिने सोच नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )