Trending
Prev Story
Next Story

नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

Ekantipur •
November 20, 2026 • 05:33 AM
5
5 reads 0 reactions

कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।

नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता सुरु गर्दै छ । कतारको दोहामा एसियाका इमर्जिङ खेलाडीबीचको प्रतियोगिता बिहीबार सुरु भइसकेको छ । नेपालले वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउॅसो पौने ४ बजे हुने खेलमा भारत ‘ए’ को सामना गर्नेछ । प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक बर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् ।

कप्तानहरूको पत्रकार सम्मेलनमा उनले पछिल्ला केही वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको बताए । ‘पछिल्ला केही वर्षलाई हेर्ने हो भने नेपालले अफगानिस्तानसॅग निकै राम्रो प्रदर्शन गरिरहेको छ । इमर्जिङ लेभलमा मात्र होइन, सिनियर टोलीको स्तरमा पनि उनीहरूको प्रदर्शन राम्रो छ । नेपाल र अफगानिस्तानसँग खेल्न निकै उत्साही छु । सबै प्रतिद्वन्द्वी राम्रा छन्, तर नेपाल र अफगानिस्तानसॅगको प्रतिस्पर्धा विशेष रोमाञ्चक हुनेछ,’ तिलकले भने ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर अन्तर्राष्ट्रिय अनुभव र युवा प्रतिभाको राम्रो संयोजन छ । कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल र लोकेश बमजस्ता खेलाडी टोलीका महत्वपूर्ण सदस्य हुन् ।

विशेषगरी बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी प्रमुख हतियार बन्न सक्छन् । सोमपाल कामीले चोटका कारण प्रतियोगिता गुमाउने भएपछि उनलाई प्रतिश जिसीले प्रतिस्थापन गरेका छन् भने यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई टिममा समावेश गरिएको छ ।

जारी एनपीएलमा शीर्ष चारमा नपरेका टोलीका खेलाडीमात्र नेपाली टोलीमा छन् । त्यसअनुरुप मयनले स्थान बनाएका छन् । एनपीएल फाइनलमा पुगेको डिफेन्डिङ च्यम्पियन लुम्बिनी लायन्सका सन्दीप जोरा र अविशेष गौतम पनि टिममा छन् । साथै सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले राइजिङ स्टार्सको शीर्षक्रममा ब्याटिङ गर्ने छन् ।

ब्याटिङतर्फ कुशल भुर्तेल र लोकेश बमबाट नेपालले ठूलो अपेक्षा गरेको छ । एनपीएलमा २ सय ४२ रनसहित लोकेश शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । कुशलको पोखरा एभेन्जर्सले खास प्रदर्शन गर्न नसके पनि उनले एनपीएल ३ मा २ सय ३५ रन प्रहार गर्दै लय समातेका थिए ।

तर, भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । भारतीय टोलीमा अन्तर्राष्ट्रिय र आईपीएलको अनुभव बटुलेका खेलाडीको बाहुल्य छ । आक्रामक ओपनर अभिषेक शर्मा, युवा ब्याटर वैभव सूर्यवंशी र विस्फोटक फिनिसर रिंकु सिंह मुख्य आकर्षणका रूपमा छन् । तीव्र गतिका बलर हर्षित राणा पनि भारतीय टोलीमा फर्किएका छन् ।  बलिङमा हर्षितको गति र आक्रामण नेपालका ब्याटरका लागि चुनौती बन्न सक्छ ।

यी दुई टोलीबीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको कोलम्बोमा भएको खेलमा भारत ‘ए’ ले नेपाललाई ९ विकेटले हराएको थियो । १६८ रनको लक्ष्य भारतले एक विकेटमै पूरा गरेको थियो ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
7m ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Hamro Patro News
24m ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

काठमाडौँ / सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्न...

#भारत
Compare →
Onlinekhabar
42m ago
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् । चाडपर्व मनाउन घर आएका …

#भारत
Compare →
Nagarik News
47m ago
प्रधानमन्त्रीको भारत भ्रमण : यात्राको साइत कति अनुकूल?

प्रधानमन्त्रीको भारत भ्रमण : यात्राको साइत कति अनुकूल?

प्रधानमन्त्रीको मुक्तिनाथ यात्रारम्भ अनुराधा, अमेरिका प्रस्थान श्रवण तथा प्रस्तावित भारत भ्रमण अश्विनी नक्षत्रमा परेको देखिन्छ। यहाँ दर्शन वा गन्तव्यमा पुगेको समय नभई निवासबाट यात्रारम्भ गरेको समय विचारणीय हुन्छ।

#भारत
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

Sports
Build #2612