Trending
Prev Story
Next Story

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

Onlinekhabar •
November 20, 2026 • 05:32 AM
5
5 reads 0 reactions

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा …

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यसको कारण भने खुल्न बाँकी नै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

धादिङ, ४ मङ्सिर । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका ...

#मृत्यु
Compare →
Ekantipur
4h ago
रुवीभ्याली गाडी दुर्घटना : मृत्यु भएकी एक जनाको सनाखत

रुवीभ्याली गाडी दुर्घटना : मृत्यु भएकी एक जनाको सनाखत

धादिङको रुवीभ्याली–४ कलदाङमा राति उकालो बाटोबाट बोलेरो खस्दा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो, चालकसहित सात जना घाइते भएका छन्।

#मृत्यु
Compare →
Nagarik News
1d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Arthasansar
3d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612