Trending
Prev Story
Next Story

पोखरामा शनिबारदेखि गल्फ प्रतियोगिता हुने

Nagarik News •
November 19, 2026 • 03:29 PM
3
3 reads 0 reactions

पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

पोखरामा शनिबारदेखि गल्फ प्रतियोगिता हुने

पोखरामा ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ। आगामी शनिबार र आइतबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा प्रतियोगिता सञ्चालन हुनेछ।

हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रतियोगितामा स्वदेश तथा विदेशका महिला र पुरुष गल्फ खेलाडीको सहभागिता रहनेछ। करिब ७० जना खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजक हिमालयन गल्फ कोर्स तथा हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्धक भुवन गुरुङले जानकारी दिए। उनका अनुसार अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएनए) गल्फरसहित पोखरा, काठमाडौं, धरान र बुटवलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

‘स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप’ फर्म्याटमा खेलाइने प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने गुरुङले बताए। त्यसअघि शुक्रबार खेलाडीहरूले कोर्स वाम्रअप गर्नेछन्। पार ७० को कोर्समा गल्फरहरूले दुई दिनमा ३६ होल खेल्नेछन्। दुवै दिनको स्कोरका आधारमा विजेता छनोट गरिने उनले जानकारी दिए।

प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघको सहयोग रहेको छ। प्रतियोगितामा ग्रस विजेताले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। डिभिजन ‘ए’ (१–९ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने नेपाल ड्यास्पोरा स्पोर्ट्स एन्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङले जानकारी दिए।

त्यसैगरी, डिभिजन ‘बी’ (१०–१४ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। डिभिजन ‘सी’ (१५–१८ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिला विधातर्फ विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। सिनियर (६० वर्षभन्दा माथिका) विजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिताका विशेष विधातर्फ लङ्गेस्ट ड्राइभ, ६० वर्षमाथिको लङ्गेस्ट ड्राइभ विजेता, क्लोजेस्ट टु द पिन र १८औँ नम्बर होलको सेकेन्ड सटमा क्लोजेस्ट टु द पिन विधाका विजेताले जनही पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई काल्सबर्गद्वारा ५० हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने गल्फ खेलाडी बालकाशी गुरुङले जानकारी दिइन्।

प्रकाशित: ३ मंसिर २०८३ २१:१४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र...

#पोखरा
Compare →
Onlinekhabar
6h ago
पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन …

#पोखरा
Compare →
Arthasansar
7h ago
पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले...

#पोखरा
Compare →
Bizshala
7h ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#पोखरा
Compare →
Ekantipur
1d ago
दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

#पोखरा
Compare →

Related Stories

Sports
Build #2612