Trending
Prev Story
Next Story

एमाले राष्ट्रिय भेलाले जारी गरेका १७ विशेष संकल्प

Onlinekhabar •
November 19, 2026 • 11:00 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग …

एमाले राष्ट्रिय भेलाले जारी गरेका १७ विशेष संकल्प

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ ।

बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् ।

भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ ।

जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित भएको दाबी गर्दै फिर्ता गरिहाड्ने पहिलो संकल्प उल्लेख छ ।

एमाले राष्ट्रिय भेलाद्वारा जारी विशेष संकल्पहरू :

-हामी असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने छौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने छौँ ।

-हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।

-गत: वर्ष व्यहोर्नु परेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने छौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचन मार्फत् यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।

-हामी पार्टीले गरेका ऐतिहासिक कामहरुप्रति गर्व गर्छौँ । कमी–कमजोरीहरुलाई बिना मोलाहिजा सच्याउँने छौँ ।  सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।

-हामी जनताको बिचमा जानेछौँ । उहाँहरुका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ । तिनलाई आत्मसात गर्नेर्छौं ।

-युवा पुस्तासँग संवाद गर्नेछौँ । उहाँहरुको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरुसँग सहकार्य गर्नेर्छौँ र आन्दोलनमा उहाँहरुको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेर्छौँ ।

-हामी जिम्मेवारी लिँदा लिएको शपथ ग्रहणप्रति हमेशा प्रतिबद्ध रहने छौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने छौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचार संहिताको अक्षरश: पालना गर्नेछौँ ।

-पार्टी पङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेर्छौँ र जनताको सेवकका रुपमा स्थापित हुनेछौँ ।

-कतिपय नेता कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउनेछौँ । स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रुपमा नेकपा (एमाले) को छविलाई थप उज्यालो बनाउनेछौँ ।

-निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरुप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टी उम्मेदवारलाई विजय बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।

-महङ्गी, अभाव, विस्थापन, वेरोजगारी, विभेद, बसाइसराइँ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउने छौँ । समाधानका लागि पहल गर्नेछौँ । सुखदु:खमा हमेशा जनताको साथमा रहनेछौँ ।

–अधिवेशन र बैठकहरुमा स्वस्थ वहस गर्ने छौँ । सहमति निर्माणको प्रयास गर्नेर्छौँ । लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेर्छौँ ।

-गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेर्छौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ । सार्वजनिक रुपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्र्नेर्छौँ ।

-असहमतिहरुलाई सम्मान गर्नेछौँ । असझदारी र अस्वस्थता हटाउने छौँ । सबै कमरेडहरुलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेर्छौँ । सिङ्गो पार्टीको उर्जालाई एकजुट बनाउन हरसंभव प्रयत्न गर्नेर्छौँ ।

-हामी आफ्नो जिम्मेवारीलाई गंभीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरुतिर औँला तेर्स्याएर आफू दायित्वबाट पञ्छिने छैनौँ ।

-महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरुप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरुको दुरुपयोगप्रति घृणा गर्नेर्छौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।

-हामी विश्वास गर्छौँ : पार्टीको शक्तिका स्रोत जनविश्वास हो । नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ । राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रुपान्तरण र सामाजिक रुपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
एमाले राष्ट्रिय भेलामा आज ओली, भण्डारी र थापाले सम्बोधन गर्ने

एमाले राष्ट्रिय भेलामा आज ओली, भण्डारी र थापाले सम्बोधन गर्ने

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

#भेला #एमा
Compare →
Nagarik News
9h ago
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

#भेला #एमा
Compare →
Hamro Patro News
2d ago
आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ । भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग...

#भेला #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612