पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् । रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताएका हुन् ।
विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा दाहालले जोड दिए । प्रचण्डले वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे अस्पष्टता भए पनि राम्रो काम गर्दा समर्थन र सहयोग रहने तथा नराम्रो गर्दा आलोचना हुने आफ्नो स्पष्ट नीति रहेको उनले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )