Trending
Prev Story
Next Story

बेलायतका युवराज विलियम र केटद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेट

Ekantipur •
November 19, 2026 • 07:02 AM
4
4 reads 0 reactions

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल

बेलायतका युवराज विलियम र केटद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेट

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल

काठमाडौँ — तीनदिने भारत भ्रमणको अन्त्यमा बेलायतका युवराज विलियम र युवराज्ञी केटले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल भएको बताइएको छ।

बुधबार बिहान मुम्बईमा राजकुमार विलियमले चलचित्र स्टुडियो अवलोकन गर्दै बलिउड नृत्य हेरेका थिए  त्यस्तै, युवराज्ञी केटले मुम्बईकै एक प्रसूति अस्पतालको भ्रमण गरेकी थिइन् । त्यसपछि उनीहरू प्रधानमन्त्रीलाई भेट्न नयाँ दिल्ली पुगेका हुन् ।

भेटमा बेलायत-भारत सम्बन्धको महत्त्वबारे चर्चा भएको थियो। मंगलबार मुम्बईमा सम्पन्न विलियमको 'अर्थसट प्राइज' समारोहको प्रधानमन्त्री मोदीले प्रशंसा गरे ।

सामाजिक सञ्जाल 'एक्स' मा मोदीले भारत-बेलायत व्यापक रणनीतिक साझेदारी र हालै कार्यान्वयनमा आएको व्यापार सम्झौताले दुवै देशको समृद्धिमा टेवा पुर्‍याउने उल्लेख गरे । केन्सिङ्टन प्यालेसका प्रवक्ताले गहिरो सम्बन्ध र भविष्यका अवसरबारे कुराकानी भएको जानकारी दिए ।

यसअघि बुधबारै विलियमले धर्मा प्रोडक्सनको कार्यालय पुग्दा 'कभी खुशी कभी गम' को गीतमा नृत्य हेर्दै ताली बजाएका थिए । सो अवसरमा सैफ अलि खान, करिना कपुर र निर्देशक करण जोहर उपस्थित थिए ।

सोमबारदेखि मुम्बईमा रहेका विलियम र केटले सचिन तेन्दुलकरसँग क्रिकेट खेल्नुका साथै अर्थसट प्राइज समारोहमा सहभागी भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
22h ago
प्रधानमन्त्री बालेसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुरा ?

प्रधानमन्त्री बालेसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुरा ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्र...

#भेट #भारतीय
Compare →
Nagarik News
1d ago
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

#भेट #भारतीय
Compare →
Onlinekhabar
2d ago
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

३० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा …

#भेट #भारतीय
Compare →

Related Stories

World News
Build #2612