Trending
Prev Story
Next Story

उदयपुरमा एकै युवासँग भेटियो २७ ग्राम ब्राउनसुगर

Nagarik News •
November 18, 2026 • 03:52 PM
7
7 reads 0 reactions

सदरमुकाम गाईघाटमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको कारोबार तथा प्रयोग बढ्दै गएको देखिएको छ।

उदयपुरमा एकै युवासँग भेटियो २७ ग्राम ब्राउनसुगर

सदरमुकाम गाईघाटमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको कारोबार तथा प्रयोग बढ्दै गएको देखिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म जम्मा ६ ग्राम ७३ मिलिग्राम मात्र ब्राउनसुगर बरामद भएको उदयपुरमा मंगलबार राति एकै युवकको साथबाट झन्डै २७ ग्राम ब्राउनसुगर फेला परेको हो।

विशेष सूचनाका आधारमा अस्थायी पोस्ट बसपार्क र चुहाडे पोस्टबाट खटिएको प्रहरी टोलीले राति ९:३० बजे त्रियुगा नगरपालिका-८ राजाबासस्थित शाहीखोलाबाट स्थानीय ३० वर्षीय रुपेश दनुवारलाई २६.९ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।

५ प ५२७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक दनुवारको साथबाट उक्त पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार दनुवारको साथबाट नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मो १८ ट्याब्लेट गरी ४२ ट्याब्लेट अन्य लागूऔषधसमेत बरामद भएको छ।

त्यस्तै, ब्राउनसुगर तौलन प्रयोग हुने १ थान डिजिटल तराजु, नगद ५ हजार १६८ रुपैयाँ र १ थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद लागूऔषध, सामग्री र मोटरसाइकलसहित दनुवारलाई नियन्त्रणमा लिएर बुधबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डिएसपी बमले बताए।

प्रहरी अभिलेखअनुसार यसअघि जिल्लामा १० ग्रामभन्दा कम परिमाणमा मात्र ब्राउनसुगर फेला पर्ने गरेको थियो।

गत कात्तिकमा ५ ग्राम ७ मिलिग्रामसहित एक व्यक्ति पक्राउ परेका थिए भने साउनदेखि कात्तिकसम्म कुल ६ ग्राम ७३ मिलिग्राम मात्र बरामद भएको थियो।

प्रकाशित: २ मंसिर २०८३ २१:३७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
13h ago
त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

सशस्त्र प्रहरीका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम रहेको छ र थप अनुसन्धानका लागि भन्सारमा बुझाइँदैछ।

#ग्राम
Compare →
Onlinekhabar
1d ago
बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान …

#ब्राउनसुगर
Compare →
Hamro Patro News
1d ago
तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

बाँके । एकै घरका बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका...

#एकै
Compare →

Related Stories

Technology
Build #2612