Trending
Prev Story
Next Story

उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु

Nagarik News •
November 14, 2026 • 02:08 PM
2
2 reads 0 reactions

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटाको धनकुटा नगरपालिका-५ का अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन्।

शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको र उनका आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेश बमले बताए।

ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका-१० का २६ वर्षीय शोभितमान बस्नेत र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिए।

प्रकाशित: २८ कार्तिक २०८३ १९:५३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
बर्दियामा मिनी बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दियामा मिनी बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दियाको गुलरियामा मिनी बस र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा ...

#मोटरसाइकल #ठोक्किँदा #त्यु
Compare →
Onlinekhabar
1d ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#ट्याक्टर #वर्षीय #त्यु
Compare →
Ekantipur
1d ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मोटरसाइकल #वर्षीय #त्यु
Compare →

Related Stories

Technology
Build #2612