Trending
Prev Story
Next Story

४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा

Nagarik News •
November 18, 2026 • 01:29 PM
1
1 reads 0 reactions

नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन्।

४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा

काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ।

नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सवारीधनीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मोटरसाइकलको स्वरूप सच्याउन थालेका छन्।

स्वरूप सच्याउने र कानुनी प्रक्रिया पूरा गर्नेको चहलपहलले ट्राफिक प्रहरी कार्यालय परिसरमा दिनभर भीड देखिने गरेको छ।

गोकर्णेश्वरबाट मोटरसाइकलको स्वरूप सच्याउन आएका अर्जुन लामाले साथीको लहैलहैमा लागेर छोराले मोटरसाइकलको स्वरूप परिवर्तन गरेको बताए।

‘साथीको लहैलहैमा लागेर छोराले स्वरूप परिवर्तन गरेछ। अहिले ट्राफिक प्रहरीले समात्यो। आफैँ मिस्त्री बोलाएर स्वरूप सच्याएँ। फोकटको दुःख पाइयो,’उनले भने।

कागेश्वरी मनहराका रमेश श्रेष्ठले पनि केही समयको रमाइलोका लागि गरेको गल्तीले अनावश्यक दुःख भोग्नुपरेको बताए। ‘एकछिनको रमाइलोका लागि निकै दुःख पाइयो। अब यस्तो गल्ती गरिँदैन,’ उनले भने।

सवारीसाधनमा आफूखुसी स्वरूप परिवर्तन गर्दा ध्वनि तथा वायु प्रदूषण बढ्नुका साथै सडक सुरक्षामा जोखिम उत्पन्न हुने भएकाले ट्राफिक प्रहरीले ‘मोडिफाइड सवारीसाधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ सञ्चालन गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने तथा साइलेन्सरबाट आगोका झिल्का निकाल्ने प्रवृत्ति बढेपछि अभियान सञ्चालन गरिएको हो।

विशेषगरी रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा सर्वसाधारणको निद्रा र शान्त वातावरणमा असर पर्ने गरेको उनले बताए।

अभियानप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्। काठमाडौंको बानेश्वरकी विनिता थापाले चर्को आवाजमा मोटरसाइकल चलाउँदा राति सुत्नसमेत समस्या हुने गरेको बताउँदै ट्राफिक प्रहरीको अभियानले राहत मिलेको प्रतिक्रिया दिए।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा परेका सवारीधनी तथा चालकले यातायात व्यवस्था कार्यालयमा गई कानुनबमोजिम जरिवाना तिरेर कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीसाधनको मूल स्वरूप कायम गर्नुपर्नेछ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था रहेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका ४०१ मोटरसाइकलमध्ये बुलेट ३४७, क्रसफायर १७, एनएस ११, केटीएम ड्युक नौ, स्कुटर चार र डुकाटी दुई वटा छन्। त्यस्तै, एमटिआरलगायत अन्य आठ वटा मोटरसाइकल रहेका छन्।

चर्को आवाज निकाल्ने यस्ता मोटरसाइकलबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी प्रभावित हुने गरेका छन्।

विद्यालय तथा आवासीय क्षेत्र आसपासमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा विद्यार्थीको अध्ययनमा बाधा पुग्ने गरेको स्थानीयवासीको गुनासो छ।

सार्वजनिक सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले व्यक्तिगत मनोरञ्जन वा प्रदर्शनका नाममा अरूको स्वास्थ्य, शान्ति र सुरक्षामा असर पर्ने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ।

ध्वनि प्रदूषण नियन्त्रण र सवारी नियमको पालना सुनिश्चित गर्न अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।रासस

प्रकाशित: २ मंसिर २०८३ १९:१४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले साइलेन्सर मोडिफाइ गरी चर्को आवाज निकाल्ने तथा आगोको झिल्का फाल्ने बुलेट लगायतका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बुलेट अपरेसन’ अभियानअन्तर्गत न...

#मोटरसाइकल #४०१ #ट्राफिक
Compare →
Onlinekhabar
1d ago
ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत …

#ट्राफिक #४०१ #मोटरसाइकल
Compare →
Ekantipur
1d ago
चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

#मोटरसाइकल
Compare →
Bizshala
2d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#ट्राफिक
Compare →
Arthasansar
4d ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#ट्राफिक
Compare →

Related Stories

Technology
Build #2612